लकलडाउनको प्रभाव : छाेरी भनेकाे मान्छन्, छोरालाई सम्झाउनै गाह्रो
काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारणमा त्रास बढेको छ। यसअघि नेपालमा विदेशबाट आएका नेपाली नागरिकमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।
तर नेपालमै स्थानीय रुपमा एक जनामा कोरोना भाइरस पुष्टि भएपछि जनमानसमा त्रास उत्पन्न भएको हो।
कोरोना नियन्त्रण र रोकथाम नियन्त्रण गर्न सरकारले जारी लकडाउनलाई थप कडा बनाउने निर्णय गरेसँगै मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ।
सरकारले लकडाउनको अवधिभर घरभित्रै बस्ने आदेश दिएको छ। यो अवधिमा विशेषगरी किशोर र केटाकेटीलाई सम्हाल्न गाह्रो भएको परिवारजनको गुनासो छ।
साथीभाइसँगको संगत छोड्न र घरबाट बाहिर ननिस्किन आग्रह गर्दासमेत नसकिएको परिवारजनले गुनासो गरेका छन्।
धादिङकी मनिषा सेढाईँले भनिन्, ‘१७ वर्षका भाइलाई जति सम्झाएपनि केही लागेन। कति सम्झाउनु, सम्झाउँदा सम्झाउँदै वाक्क लागिसक्यो। भनेको फिटिक्कै मान्ने होइन। उल्टै रिस गरेर कराएको जस्तो हुने, नियन्त्रण गर्न अति गाह्रो भएको छ।’
विश्व हल्लाएको कोरोना भाइरसबाट अलिकति पनि त्रास नमान्ने किशोर अवस्थाका केटाकेटी देखेर परिवार आफैं चकित छन्। प्राय छोरीहरुले यस्तो व्यवहार नदेखाएपनि छोराहरुले भने नटेर्ने गरेको बताउँछन्।
किशोर अवस्थामा देखिने व्यवहारको प्रभावले सबैमा यस्तो गुण देखिनु सामान्य भएपनि यस्तो गम्भीर अवस्थामा पनि सम्हाल्न गाह्रो परेको बताउँछिन् कैलालीकी मिना तिमल्सिना।
‘यो उमेरमा रिसाउनु झर्कनु त सामान्य हो। तर यत्रो गम्भीर विषयमा पनि हेलचेक्र्याँई गर्नु उचित होइन। कोरोनाभाइरसका कारण संसार हल्लिएको छ। तर यो उमेरका भाइ बहिनी किन डराउँदैनन्,’ उनले भनिन्।
विश्व हल्लाएको कोरोना भाइरसबाट अलिकति पनि त्रास नमान्ने किशोर अवस्थाका केटाकेटी देखेर परिवार आफैं चकित छन्। प्राय छोरीहरुले यस्तो व्यवहार नदेखाएपनि छोराहरुले भने नटेर्ने गरेको बताउँछन् नुवाकोटका भरत ओझा।
‘साथीहरुलाई भेट्न जान नै नछोड्ने ग्रुपमा हिँड्ने। फेरि छोरीलाई यी कुरा सम्झाइराख्न पर्दैन। छोरा त अलिकति पनि नमान्ने अहिले भर्खर पनि १०/१२ जना मिलेर खोलामा पौडी खेलेर आए, सम्झाउने कसरी म अचम्ममा छु।’
भाइलाई सम्झाउँदा नमानेपछि आफू भाइसँग बोल्न नै छोडिदिएको बताउँछिन् रसुवाकी २४ वर्षीया एक युवती। ‘आफैंलाई कुट्न आउँछन् एकदम तातो रिस देखाउँछन्। चित्त दुखेर बोल्नै छाडँे, हुन त १८ वर्षको भयो मेरो भाइ। मलाइ त खुब मुख चलाउछ, कन्ट्रोल गर्न धेरै गाह्रो’, उनले भनिन्।
Facebook Comment