कोरोनाको प्रकोप बढ्दै गएपछि जापानमा आपतकाल घोषणा गरिने तयारी
टोकियो । जापानी प्रधानमन्त्री आबे शिन्जोले भोलीबाट निश्चित क्षेत्रमा आपतकाल घोषणाको तयारी गरेका छन् ।
जापानको सरकारी सञ्चार माध्यम मानिने सार्वजनिक समाचार संस्था एनएचकेका अनुसार सरकारले भोली बिहानको लागि सल्लाहकार समितिको बैठक डोकेको छ ।
जुन बैठकपछि आपतकाल घोषणा गरिने सम्भावना रहेको छ ।
आपतकाल घोषणा राजधानी टोकियो सहित होक्काईदो, ओसाका लगायत कोरोना भाईरसबाट अति प्रभावित क्षेत्रमा लागू हुनसक्ने समाचारमा उल्लेख छ ।
Facebook Comment
प्रतिक्रिया
Dhilo ayoooo kada ayo.