जापानका प्रधानमन्त्रीले ७ वटा प्रान्तमा गरे १ महिना आपतकाल घोषणा
टोकियो । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई जापानी प्रधानमन्त्री आबे शिन्जोले संक्रमण प्रभावित ७ वटा प्रान्तमा आपतकालीन अवस्था घोषणा गरेका छन् ।
आपतकालीन अवस्था मंगलबारदेखि आगामी एक महिनासम्म लागू हुने भएको छ ।जसअनुसार आगामी मे ६ तारिखसम्म त्यस्तो आपतकाल लागूहुने भएको छ ।
संकटकालीन अवस्था लागू हुने प्रिफेक्चरहरुमा राजधानी टोकियो, साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओका रहेको साेमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबे शिन्जोले बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment