लकडाउनको नियम नमान्नेलाई प्रहरीले गोली हानेर मारिदियो

डिसी नेपाल
२४ चैत २०७६ १६:०६

काठमाडौं। लकडाउनको नियम उल्लंघन गर्ने ६३ वर्षका एक व्यक्तिलाई फिलिपिन्सको पुलिसले गोली हानेर मारिदिएको छ । गाउँ अधिकारी र पुलिसलाई चेकप्वाइन्टमा हँसियाले आक्रमण गर्न खोजेपछि उनलाई गोली हानेको पुलिसले जनाएको छ । ती व्यक्तिले मादक पदार्थ सेवन गरेर बाहिर निस्किएको विश्वास गरिएको छ । अल जजीराका अनुसार ती व्यक्तिले दक्षिणी राज्य अगुसान डेल नोर्तेको नासिपित शहरमा रहेको चेकप्वाइन्टमा गाउँ अधिकारी र पुलिसमाथि आक्रमणको प्रयास गरेका थिए ।

‘ती संदिग्धलाई ग्रामीण स्वास्थ्य कार्यकर्ताले मास्क नलगाएको विषयमा चेतावनी दिएका थिए’ रिपोर्टमा भनिएको छ ‘तर ती संदिग्ध रिसाए त्यसपछि अश्लील गाली गर्दै अधिकारीहरुलाई हँसियाले आक्रमण गर्न खोजे ।’ यो कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको कडाइ नमान्ने सर्वसाधारणलाई गोली हानिएको पहिलो घटना हो । गत बुधबार राष्ट्रपति रोड्रिगो दुतेर्तेले लकडाउनमा गरिएको कडाइ नमानेमा आफूले पुलिसलाई गोली हान्न आदेश दिने चेतावनी दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *