गौतम गम्भीरले यी अभिनेत्रीलाई यस्तो मेसेज पठाएपछि…
नयाँदिल्ली । भारतीय क्रिकेट गौतम गम्भीर आजभोली फुर्सदमा छन् । राष्ट्रिय टिममा नपरेपछि उनको फुर्सद बढेको हो। यद्यपी उनी राष्ट्रिय टिममा पर्खनका लागि भने प्रयास गरिरहेका छन्।
तर, यहाँ हामी उनको क्रिकेट करिअर भन्दा अलि फरक घटनाबारे भन्दै छौं । यो सूचना प्रविधिको जमना हो। यस्तो प्रविधिको प्रयोग सबैले गर्छन्, गरिरहेका छन्। पक्कै पनि सेलिब्रटी गौतम गम्भीर पनि यसबाट टाढा हुने कुरा भएन।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय हुने एक भारतीय सेलिब्रटी हुन् । तर, हालै उनको ट्वीटर अकाउन्ट ह्याकरको शिकार भयो। ह्याकरले उनको ट्वीटर अकाउन्ट ह्याक गरेर एक भारतीय अभिनेत्री र श्रीलंकन क्रिकेटर कुमार सांगाकारा तथा अष्ट्रेलियन क्रकेटर एडम गिल क्रिस्ट र माइकल क्लार्कलाई मेसेज गरेको खुलासा भएको छ।
गौतम गम्भीरले आफ्नो अकाउन्ट ह्याक भएको जानकारी ट्वीटरबाटै दिएका हुन्। उनले ह्याकरले आफ्नो काउन्टबाट मेसेज पठाएको भन्दै त्यसलाई बेवास्ता गर्न भनेका छन्।
श्रीलंकन क्रिकेटर कुमार सांगाकाराले त्यसको जवाफ दिँदै आफूलाई मेसेज आएको र त्यसले शंका उत्पन्न गराएको बताए । यद्यपी ह्याकरले कस्तो मेसेज पठाएका थिए भन्नेबारे केही खुलेको छैन।
Facebook Comment