यूएईमा कोरोनाबाट एक नेपाली महिलाको निधन

डिसी नेपाल
२४ चैत २०७६ २१:५०

काठमाडौँ । यूएईमा कोरोना भाइरस (काेभिड–१९) को संक्रमणबाट एक नेपाली महिलाको निधन भएको छ । यूएईको बरदुबईमा घरेलु कामदारका रुपमा कार्यरत देवदह रुपन्देहीकी एक नेपाली महिलाको निधन भएको एनआरएनए यूएई श्रोतले डिसी नेपाललाई जानकारी दिएको छ ।

‘एक जना नेपाली महिलाको निधन भएको हो । तर, अहिलेलसम्म आधिकारिक रुपमा यहाँको सरकारले एनाउन्स गरेको छैन । केस फ्लास नगरेको हुँदा अहिले नै केही बताउन सक्ने स्थिति छैन,’ एनआरएनए यूएई श्रोतले भन्यो ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमानलाई उपलब्ध गराएको थियो।रिपोर्टमा उनको मृत्यु गत शुक्रबार भएको पुष्टि गरिएको श्रोतले बतायो ।

उनी ९ वर्षदेखि दुबईमा कार्यरत रहेको बुझिएको छ । पछिल्लो समयमा उनी बरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै थिइन्। उनका श्रीमान पनि एक महिनादेखि भिजिट भिसामा यूएईमा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *