सुर्खेत समाज र कालिकोट समाज दक्षिण कोरियाद्वारा पीपिई वितरण

काठमाडौं । कालिकोटमा जन्मथलो भई रोजगारीको शिलशिलामा दक्षिण कोरीयामा रहेका नेपालीहरुको संस्था कालिकोट समाज दक्षिण कोरीयाले कालिकोट जिल्लामा व्यक्तिगत सुरक्षा सामग्री (पीपिई) वितरण गरेको छ।
कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला कामको शिलशिलामा दक्षिण कोरीया पुगेका नेपालीले मातृभूमिको रक्षाका लागि सक्दो सहयोग गरेको समाजका सल्लाहकार सर्जन रावतले जानकारी दिए ।
कोरोना भाइरसको परीक्षणका लागि न्यूनतम आवश्यक स्वास्थय सामग्री पीपिई कालिकोटमा अन्त कतैबाट सहयोग नभएकोले आफुहरुले व्यक्तिगत खर्च कटाएर १२ लाख २१ हजार वन (१ लाख नेपाली)बढीको पीपिई सहयोग गरेको रावतले बताए ।
रावतका अनुसार महाबै गाउपलिकामा २० थान, नरहरिनाथ गाउँपालिकामा १० थान, तिलागुफा नगरपालिकामा १० थान, तथा सानीत्रिवेणी गाउँपालिकामा १० थान पीपिई सहयोग गरिएको छ ।
यस्तै, शुभ गाउँपालिका १० थान, ओदा फाउन्डेसनद्वारा सञ्चालित हिमालय मेडिकललाई १० थान, र खांडाचक्र नगरपालिकामा ५ थान पीपिई सहयोग गरिएको हो । कालिकोट जिल्ला अस्पतालमा १० थान गरि जम्मा ८५ साथ पीपिइ वितरण गरिएको रावतले जानकारी दिए ।
जिल्लामा वितरण गर्ने पीपिईका लागि नवीन कुमार बटाला (कालिकोट)बाट १ लाख वन, सर्जन रावत (कालिकोट)बाट १ लाख वन, ललित जङ राना (कालिकोट)बाट १ लाख १० हजार वन सहयोग जुटेको थियो ।
यसैगरी, छत्र कठायत (कालिकोट)बाट १लाख, मनिष भट्टराई (कालिकोटबाट १ लाख १० हजार, जनक सिंह ठकुरी (कालिकोट)बाट १ लाख, गगन शाही (कालिकोट)बाट १ लाख वन सहयोग जुटेको रावतले जानकारी दिए ।
सहयोग गर्ने अन्यमा बिक्रम बि. क. (कालिकोट)बाट ५१ हजार १ सय ११, बिनोद परियार (कालिकोट) १ लाख, मान बहादुर बिस्ट ( कालिकोट) ५० हजार वन रहेका छन् । सुर्खेत समाज दक्षिण कोरियाले ३ लाख वन सहयोग गरेको सल्लाहकार रावतले जानकारी दिए ।
कालिकोटमा वितरणको लागि कर्णाली पर्देश मुख्यमन्त्री कार्यालयका स्वकीय सचिव खेम बहादुर सिंह र महाबैं गाउँपालिका आर्थिक योजना प्रमुख मलिम रावतले गरेको सहयोगको लागि समाजले धन्यवाद ज्ञापन समेत गरेको छ ।
Facebook Comment