सूदुरपश्चिम प्रदेशलाई स्वास्थ्य सामग्री उपलब्ध
काठमाडौं । नेपाल भारत मानव विकास एवं मैत्री संघले सूदुरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संघले बिहीबार कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि दुई सय थान पीपीइ सहित आवश्यक स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको छ ।
सूदुरपश्चिम प्रदेशको समन्वयको जिम्मेवारी पाइकी खानेपानी मन्त्री बिना मगरलाई शहरी राज्यमन्त्री रामवीर मानन्धर सहित नेपाल भारत मानव विकास एवं मैत्री संघका पदाधिकारीहरुले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्री ग्रहण गर्दै खानेपानी मन्त्री मगरले सूदुरपश्चिममा देखिएको अवस्थालाई मध्यनजर गरेर आवश्यक समन्वय भइरहेको र उपलब्ध भएका सामग्रीहरु छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइन् ।
शहरी विकास राज्य मन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैलाई सहयोग गर्न आव्हान गरे । संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीइ कोरोना उपचारमा उपयुक्त रहेकोले आफुहरुले सहयोग गरेको बताए । उनले सहयोग गरिएका सामग्रीहरुमा मास्क, सुकभर, क्याप्स, गगल्स, फेससिल, स्यानिटाइजर, पञ्जा, एप्रोन लगायत रहेको बताए ।
Facebook Comment