कोरोनाभाइरसको नयाँ ‘प्याटर्न’ले वैज्ञानिक चिन्तित, यो सुरुवात मात्र भएको चेतावनी

डिसी नेपाल
२९ चैत २०७६ १६:०६

काठमाठौं। कोरोनाभाइरसबाट मुक्त भइसकेका बिरामीहरु फेरि संक्रमित भेटिएका घटना थपिँदै गएका छन् । दक्षिण कोरियामा ४० नयाँ बिरामीहरु फेरि पोजेटिभ पाइएका छन् । यसअघि संक्रमणमुक्त भएको ५१ जना पुनः संक्रमित पाइएका थिए । यससँगै पहिले संक्रमणमुक्त भएर फेरि पोजेटिभ पाइएका बिरामीको संख्या ९१ पुगिसकेको छ । कोरोनाभाइरसको यो नयाँ ‘प्याटर्न’ले वैज्ञानिकहरु चिन्तित बनेका छन् ।

डेलिमेलको रिपोर्ट अनुसार अहिलेसम्म एक पटक संक्रमित भइसकेका बिरामी ठिक भएमा बिरामीको शरीरले भाइरस प्रतिरोधी क्षमता विकास गर्ने र त्यही व्यक्तिलाई पुनः यही भाइरसले आक्रमण गर्न नसक्ने विश्वास गरिएको थियो । तर, भाइरसको यो नयाँ ‘प्याटर्न’ निकै चिन्ताजनक भएको विशेषज्ञले बताएका छन् । यी नयाँ संक्रमणका घटनाले वैज्ञानिकहरुले मान्दै आएको ‘इम्युनिटी डेभलपमेन्ट’को थ्योरीलाई पनि प्रश्नको घेरामा राखिदिएको छ ।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक जिओंग इयुन केओंगका अनुसार ती बिरामीको शरीरमा भाइरस पुनः एक्टिभेट भएको जस्तो देखिएको बताए । यद्यपि स्वास्थ्य अधिकारीहरु यस विषयमा जाँच गरिरहेका छन् ताकि ठोस निष्कर्षमा पुग्न सकियोस् । कोरिया युनिभर्सिटीको गुरो हस्पिटलमा संक्रामक रोगका प्रोफेसर किम वु जूले भने ‘यो आँकडा बढ्नेछ । ९१ त केवल सुरुवात हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *