पाकिस्तानमा एकै दिन २० जनाको मृत्यु, संक्रमितको संख्या ५ हजार बढी
काठमाडौँ । छिमेकी मुलुक पाकिस्तानमा कोरोना भाइरसको संक्रमबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यो संगै पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ८६ पुगेको छ।
पाकिस्तानमा हालसम्म ५७ हजार ८ सय ३६ जना मानिसको कोरोना टेस्ट गर्दा ५ हजार ११ जना संक्रमित फेला परेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ३१६ जना संक्रमित थपिएका छन्।
संक्रमित मध्ये ७ सय ६२ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।
प्रतिक्रिया
Facebook Comment