ठाउँ र अवस्था हेरेर लकडाउन खुकुलो बनाउनुपर्छ
विश्वलाई नै आफ्नो चपेटामा लिएको कोरोनाभाइरसबाट नेपाल अछुतो रहने कुरै भएन। विश्वका शक्ति सम्पन्न राष्ट्रहरुमा कोरोनाले त्राही त्राही मच्याइरहेका बेला नेपालमा पनि त्यसको बाछिटा देखिन थालेका छन्। यद्यपी अहिलेसम्म कोरोना संक्रमण नेपालमा त्यत्ति धेरै फैलिन पाएको छैन।
सरकारको तयारी र जनताको सचेतताले कोरोना नियन्त्रण गर्न ठूलो सहयोग पुगेको मैले ठानेको छु। कोरोनाको खोजिमबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको आज २० औं दिनसम्म समयको सदुपयोग गरिरहेको छु।
लकडाउन रहर होइन बाध्यता हो। यसलाई सहज रुपम लिएर आफूलाई अभ्यस्त बनाउँदै लगेको छु। अहिले हामी सबै सामाजिक कैदी जस्तै भएका छौं। यद्यपी यो समयलाई सबैले आफ्नै तरिकारले सदुपयोग गर्ने गरेका छन्।
म आफू राजनीतिक कार्यकर्ता भएका कारण समयका सधैं अभाव हुन्थ्यो, जसका कारण कतिपय काम गर्न भ्याइएको हुँदैन थियो। तर अहिले ती सबै पूरा गर्न नपाएका काम पूरा गरिरहेको छु।
यसअघि समयको अभावले लथालिंग अवस्थामा रहेका कागजपत्र मिलाउने र व्यवस्थित गर्ने काम गरिरहेको छु। राजनीतिक व्यस्तताले पुस्तक पढ्ने काम हुन सकेको थिएन, अहिले केही पुराना पुस्तक अध्ययन गरिरहेको छु।
म नेपाली फिल्ममो शोखिन पनि हुँ, त्यसो हुनाले यो बीचमा आफूलाई मन पर्ने ६ वटा नेपाली फिल्म हेरेँ। र घरै बसिबसी साथीभाइहरुसँग सामाजिक सञ्जाल र टेलिफोनमार्फत सम्पर्क गरिरहेको छु। सकेसम्म आफूलाई व्यस्त राख्ने कोशिश गर्दैछु।
समग्रमा भन्दा सभ्य, सचेत र अनुशासित नागरिकको नाताले यो लकडाउनलाई पूर्ण पालना गरेको छु। स्वस्थ जीवनका लागि आवश्यक मर्निङवाकसमेत स्थगित गरेको छु र, अहिले घरमा सामानय शारीरिक अभ्यास गर्ने गरेको छु।
कोरोना भाइरस रोगथाम र नियन्त्रणका लागि सरकारले राम्रै प्रवन्ध गरेपनि कतिपय विषय भने प्रयाप्त छैनन्। विशेष गरी लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर यसको प्रत्यक्ष मारमा परेका छन्। सरकारले राहतको कुरा पनि गरेको छ, तर त्यो लक्षित समूहसँग पुगेको जस्तो देखिँदैन।
राजधानीबाट राति राति पैदल यात्रा तय गरेर मानिसहरु राजधानी बाहिर गएको संचारमध्यममा समाचार आइरहेका छन्। त्यतातर्फ सरकारको ध्यान गएको देखिँदैन।
सरकारका केही मन्त्रीहरुले स्वास्थ्य सेवा सामाग्री खरिदमा घोटाला गरेको सार्वजनिक भएको छ। यो अत्यन्तै निन्दनीय काम हो, यो कानुनी रुपमा दण्डनीयमात्र होइन, महापापसमेत हो।
अर्को कुरा सरकारले स्वास्थ्यकर्मीलाई चाहिने अत्यावश्यक सामाग्री पीपीईलगायत स्वास्थ्य सामाग्री प्रयाप्त मात्रामा उपलब्ध गराउन सकेको छैन। त्यसका लागि चाहिने प्रयाप्त बजेट पनि बिनियोजन गरेको देखिएन।
अर्कोतर्फ सरकारका केही मन्त्रीहरुले स्वास्थ्य सेवा सामाग्री खरिदमा घोटाला गरेको सार्वजनिक भएको छ। यो अत्यन्तै निन्दनीय काम हो, यो कानुनी रुपमा दण्डनीयमात्र होइन, महापापसमेत हो। यस्तो महामारीका बेला सकेसम्म त्याग, धैर्यता तथा नम्रपन देखाउनु पर्ने बेलामा लोभ देखाउनु सर्वथा निन्दनीय काम हो।
लकडाउउनको आज २० औं दिनमा छौं। लकडाउनले गर्दा महामारी फैलिन पाएको छैन। नागरिकले सचेतता देखाउने हो भने अब यो लकडाउनलाई केही खुकुलो बनाउँदा उपयुक्त हुन्छ। अब अवस्था र ठाउँ हेरेर लकडाउनलाई खुकुलो पारेर वातावरणलाई सहज बनाउनुपर्छ।
Facebook Comment