नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतसम्म खुम्चिने विश्व बैंकको प्रक्षेपण

डिसी नेपाल
३० चैत २०७६ १४:२७

काठमाडौं । कोरोना भाइरसको महामारीले नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशसम्म घट्नसक्ने विश्व बैंकले नयाँ प्रक्षेपण गरेको छ। यसअघि ६.५ प्रतिशत वृद्धिदर हुने बताएको बैंकले कोरोना संक्रमणपछिको अवस्थाबारे नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।

बैंकले दक्षिण एशियाली देशहरुको आर्थिक अवस्थाको आंकलन गर्दै साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गरेको छ।

रिपोर्टमा एसियाली देशहरुको अवस्था ४० वर्षयताकै खराव हुने र यो आर्थिक मन्दी २०२२ सम्म कायम रहने र त्यसपछि मात्र विश्व अर्थतन्त्र पुनःस्थापना हुनसक्ने उल्लेख गरिएको छ ।

रिपोर्टमा नेपालको आम्दानीको मुख्य स्रोत रेमिट्यान्स, व्यापार, पर्यटन र औद्योगिक क्षेत्रमा प्रभाव परेको जनाएको छ। महामारीको समय अवधि लम्वीएमा सेवालगायत अन्य क्षेत्रमा समेत प्रभाव पर्ने उल्लेख गरिएको छ।

विश्व बैंकका नेपाल कन्ट्री म्यानेजर फारिस हदाद जर्भोसले नेपालमा कोरोना भाइरस महामारीको असर नियालीरहेको बताए। यसका लागि अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको आपूर्ति, गरिब र जोखिममा रहेका समुदायका लागि पुनरुत्थान प्याकेज आवश्यक रहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *