‘बाहिर निस्किँदा सम्झिनु, यो त्यही अनुहार हो जसले मर्ने बेला तिम्रा आफन्तको हात समाउँछ’

डिसी नेपाल
३० चैत २०७६ १४:४०

काठमाडौं। कोरोनाभाइरस संक्रमण फैलिन नदिन गरिएको लकडाउन पालना गर्न र घरभित्रै रहन सन्देश दिनको लागि अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा कार्यरत नर्सले लगातार १३ घण्टा प्रोटेक्टिभ गियर लगाएर काम गरेपछि बिग्रिएको आफ्नो अनुहारको फोटो शेयर गरेकी छिन् । बेलायतको नटंघमशायरको पूर्वी रेटफोर्डकी नर्स एमी गोल्डले आफ्नो यो तस्वीर फेसबुकमा पोस्ट गर्दै मानिसहरुलाई घरबाहिर ननिस्किन आग्रह गरेकी छिन् । उनको पो पोस्ट हजारौंले शेयर गरेका छन् ।

डोनक्यास्टर एण्ड बासेत्लाभ टिचिङ हस्पिटलमा कार्यरत यी नर्सले आफूले कोरोनाभाइरसको महामारप्का कारण हप्तामा ६५ घण्टा काम गरेको खुलासा गर्दै यो सप्ताहान्तमा घरबाहिर जाने बारे सोच्दै गर्दा आफ्नो यो अनुहार सम्झिन आग्रह गरेकी छिन् । तस्वीरमा आफ्नो युनिफर्ममा रहेकी एमीको अनुहारमा ठूला ठूला छापहरु छन् र केही चोट समेत लागेका छन् । उनको अनुहार निकै थकित देखिन्छ । उनले यो तस्वीरलाई ‘वास्तविकताको तस्वीर’ भएको बताएकी छिन् ।

उनले आफूले आफ्ना परिवारले झण्डै एक महिनादेखि भेट्न नपाएको बताउँदै अरुलाई बचाउनको लागि आफ्नै ज्यान जोखिममा राखिरहेको बताएकी छिन् । उनले आफू अझै पनि अग्रपंक्तिमा रहेर कोरोनाभाइरससँग लडिरहने प्रतिज्ञा गरिन् । उनले भाइरसका कारण ज्यान गुमाउने बिरामीको अन्तिम समयमा उनीहरुका आफन्त साथमा हुन नपाउँदा बिरामी एक्लै छैनन् भन्ने आभास दिलाउन उनीहरुको हात समाउने गरेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *