कहाँ र कहिले जन्मेको थिए यि खेलहरु ?
काठमाडौं । फुटबल – फिफाका अनुसार फुटबलको सुरुवात ई.पू. तेस्रो र दोस्रो शताब्दीबीच चीनमा भएको थियो । सुरुवाती समयमा चीनमा फुटबलको नाम सुजु वा त्शू चू रहेको थियो । त्यो समयमा फुटबल लाई हातले नसमातेर खुट्टाले मात्र खेल्नुपर्ने खेल भनेर चिनिन्थ्यो ।
हक्की – घुमाउरो काठको डन्डीले बललाई हिर्काउने यो खेल विश्वभरी बिभिन्न तरिकाले खेल्ने गरिन्छ । सबैभन्दा पुरानो र ऐतिहासिक प्रमाणको आधारमा यो खेल मिस्रको नक्कासिमा ४ हजार बर्ष पहिला टिम बनाएर खेल्ने गरेको पाईएको छ ।
क्रिकेट – क्रिकेटको सुरुवात १६ औं शताब्दीमा ईङल्यान्डमा भएको मानिन्छ तर अहिलेसम्म यस्को आधिकारीक पुस्टी हुन सकेको छैन । वास्तवमा यो खेलको सुरुवात १४ औं शताब्दीमा भएको पाईन्छ ।
टेनिस – ईतिहासकार हरुका अनुसार टेनिसको सुरुवात १२ औं शताब्दीमा फ्रान्समा भएको हो । फ्रान्समा यो खेललाई जेउ डे पाउमे अर्थात हातको खेल भनेर चिनिन्थ्यो । पछि आएर यो खेल टेनिस नामले परिचत भयो ।
बक्सिङ – बक्सिङको पहिलो ज्ञाताको बारेमा ईसाभन्दा ३ हजार बर्ष पहिले ईराकको सुमेरियाई भन्ने सभ्यता बाट आउछ । तर ईतिहास पल्टाउदा बक्सिङको सुरुवात १६५० देखी १४०० ईसा पूर्वनै यसको प्रमाण भेटिएको छ ।
बेसबल – बेसबलको सुरुवात यकिनका साथ भन्न गाह्रो नै छ तर १३४४ को एक फ्रान्सेली दस्तावेज अनुसार बेसबल जस्तै एक खेल पादरीहरूले खेलेको पाईन्छ ।
बास्केट बल – सन १९८१ मा क्यानडाका शारिरिक व्यायामका प्रोफेसर डा. जेम्स नाइस्मिथले आपना छात्रहरुका लागी एक नियम बनाए । उक्त नियममा फुटबल लाई करिब १० फिट उचाईमा रहेको टोकरीमा फाल्नुपर्ने थियो । त्याहा बाट नै यो खेलको सुरुवात भएको पाईन्छ । सन १९५० सम्म बास्केट बल खेल्न फुटबलको प्रयोग गरिन्थ्यो ।
भलिबल – भलिबलको सुरुवात पनी बास्केट बल जस्तै भएको थियो । सन १८९५ फेबु्रवरी महिनामा अमेरिकामा जि मार्गनले टेनिस र ह्यान्ड बलको नियमहरु लाई समावेस गरेर एक नयाँ नियम बनाएका थिए र त्यही नियम बाट भलिबलको सुरुवात भएको थियो ।
कबड्डी – कबड्डीको सुरुवात दक्षिण भारतको राज्य तमिलनाडुमा शुरू भएको थियो। यो खेल बिभिन्न तरिका बाट एशियाका अन्य देशहरूमा खेलाईन्छ। आधुनिक कबड्डीको नियमहरू सन १९१५ र १९२० बिचमा भारतको महाराष्ट्रमा बनाईएको थियो ।
कुस्ती – कुस्ती लडाईको सबैभन्दा पुरानो स्वरूप हो। यसको सुरुवात फ्रान्समा १५ हजार वर्ष पुरानो गुफामा बनेका चित्रहरू बाट पत्ता लगाउन सकिन्छ। वेदहरुमा पनि कुस्तीको बारेमा उल्लेख गरिएको छ।
भिडियो गेम – पहिलो पटक भिडियो गेमको लागी संयुक्त राज्य अमेरिकामा २५ जनवरी १९४७ मा थोमस टी गोल्डस्मिथ र एस्टले आवेदन दिएका थिए। उनीहरुले गेमको पेटन्ट १४ डिसेम्बर १९४८ मा पाएका थिए ।
Facebook Comment