१० प्रतिशत जनताको टेस्ट गरिसकेको देशको अनुभव, आधा संक्रमितमा कुनै लक्षण थिएन

डिसी नेपाल
३० चैत २०७६ १६:१४

काठमाडौं। ३ लाख १६ हजार जनसंख्या भएको देश आइसल्याण्डमा अहिलेसम्म कोरोनाभाइरसका कारण ८ जनाको मृत्युभ इसकेको छ । यहाँका मानिसहरुलाईलागिरहेको थियो कि उनीहरुको देश कोरोनाभाइरसको प्रकोपबाट धेरै हदसम्म बचिरहेको छ । तर, जब ठूलो परिमाणमा टेस्ट गरियो त्यसपछि ठूलो मात्रामा संक्रमितहरु भेटिए । युएसए टुडेका अनुसार ‘मास टेस्टिङ’मा जति पनि नागरिक संक्रमित भेटिएका थिए, तीमध्ये आधामा कुनै पनि लक्षण देखिएको थिएन र उनीहरु कसैले पनि आफूलाई अलिकति पनि अस्वस्थ महसुस गरेका थिएनन् ।

टेस्ट र मेडिकल सुविधाको कमीका कारण अहिले विश्वका अधिकांश देशहरुमा लक्षण नदेखिएका व्यक्तिहरुको कोरोनाभाइरस टेस्ट भइरहेको छैन । खासगरी कुनै संक्रमित व्यक्तिसँग सम्पर्कमा नरहेका र विदेश नगएका व्यक्तिहरुको त यसरी टेस्टिङ भएकै छैन भन्दा पनि हुन्छ । तर, आइसल्याण्डले यस्ता नागरिकको पनि टेस्ट गर्ने निर्णय गरेको छ ।आइसल्याण्डमा ३६ हजार ४१३ नागरिकको टेस्ट गरिसकिएको छ अर्थात यहाँको कूल जनसंख्याको १० प्रतिशतको टेस्ट भइसकेको छ । जबकि बेलायतमा अहिलेसम्म ०.८४ प्रतिशत नागरिकको मात्र टेस्ट भएको छ ।

आइसल्याण्डमा अहिलेसम्म करिब १६०० जना संक्रमित पाइएका छन् । अर्थात जति मानिसहरुको जाँच भएको छ तीमध्ये ४.३ प्रतिशत संक्रमित पाइएका छन् । तर, पोजेटिभ पाइएका मध्ये आधा मानिसहरु यस्ता थिए जसमा कुनै पनि लक्षण देखिएको थिएन । अन्य देशहरुजस्तै आइसल्याण्ड पनि मेडिकल स्टाफ र सुविधाको कमीसँग जुधिरहेको छ । यहाँ नेशनल युनिभर्सिटी हस्पिटलले लक्षण देखिएका बिरामीहरुको टेस्ट गर्छ । डिकोड नामको अर्को कम्पनीलाई भने लक्षण नदेखिएका बिरामीहरुको पनि ठूलो परिमाणमा टेस्ट गर्न जिम्मेवारी दिइउको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *