कानून आयोगका पदाधिकारीले पन्ध्र दिनको तलब कोषमा जम्मा गर्ने

डिसी नेपाल
३० चैत २०७६ १६:२४

काठमाडौं । नेपाल कानून आयोगका अध्यक्ष र उपाध्यक्षले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्ध्र दिन बराबरको तलब दिने भएका छन् ।

आयोगका अध्यक्ष माधव पौडेलले सञ्चार माध्यामसँग कुरा गर्दै विश्वभरि नै फैलिएको कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बनाएको कोषमा १५ दिन बारबरको तलब दिने निर्णय गरेको बताए ।

अन्य कर्मचारीको हकमा भने मुख्य सचिवको अध्यक्षमा सम्पन्न भएको बैठकबाट निर्णय भए बमोजिम रकम कट्टा गरी सम्बन्धित कोषमा दालिल गर्ने आयोग आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *