२४ घण्टामा अमेरिकामा घट्यो, स्पेनमा बढ्यो कोरोना प्रभाव (२१० देशको तालिका)

डिसी नेपाल
१ वैशाख २०७७ ८:१९

काठमाडौँ । पछिल्लो समय कोरोनाको केन्द्रबिन्दू बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ। २४ घण्टामा अमेरिकामा १५२८ संक्रमितको ज्यान गएको छ ।

अघिल्लो दिन अमेरिकामा १८३० तथा त्यसअघि २०३५ जना संक्रमितको ज्यान गएको थियो ।

यस्तै अमेरिकामा पछिल्लाे २४ घण्टामा संक्रमितको संख्या पनि ह्वात्तै घटेको छ । २७४२१ जना संक्रमित फेला परेका छन् । अघिल्लो दिन अमेरिकामा ३० हजार ३ जना संक्रमित फेला परेका थिए ।

हालसम्म अमेरिकामा २२ हजार एक सय ५ जनाकाे ज्यान गएकाे छ।

यस्तै स्पेनमा केही दिनदेिख घट्दै गएको कोरोना प्रभाप पुनः बढेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ६३० संक्रमितको ज्यान गएको छ । अघिल्लो दिन स्पेनमा ६०३ जनाको ज्यान गएको थियो । यो सँगै स्पेनमा ज्यान गुमाउेको संख्या १७,२०९ पुगेको छ।

२४ घण्टामा स्पेनमा ज्यान गुमाउनेको संख्या बढेपनि संक्रमितको संख्या भने घटेको छ । आइतबार स्पेनमा ३८०४ नयाँ संक्रमित थपिएका छन् । यो सँगै स्पेनमा संक्रमितको संख्या १,६६,८३१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१० देश र दुईवटा पानी जहाजमा फैलिएको कोरोना भाइरसको महामारीबाट १,१४,१९४ ज्यान गएको छ भने १८,५२,२५७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

२१० देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *