एकपछि अर्को घटनामा किन चुक्दैछन् नेतृत्वपंक्ति?
काठमाडौं। केही दिन अगाडि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा केही देशका कम्युनिष्टहरु विश्व इतिहासबाट चुकेको उदाहरण दिँदै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको बताएका थिए।
यस्तै अन्य नेताहरुले पनि अहिलेको सम्पूर्ण नेतृत्वले विभिन्न घटनामा मौन बसेको भन्दै कटाक्ष गरिरहेका छन्। केही राजनीतिक दलहरुले नेपाली राजनीतिमा परिवर्तन र युवा जोशको खाँचो छ भनेर कुरा उठाएका छन्।
नेपाली राजनीतिमा भएका परिवर्तनमा मुख्य भूमिकामा रहेका पात्रहरु आज पनि नेतृत्वमा आउनेजाने क्रम चलिरहेको छ। तर पछिल्लो घटनाक्रममा कसैले माखो मार्न नसकेको देखियो।
राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेर आएका भन्नेहरुको पनि उही हालत छ। अबको राजनीति पुरानो जस्तो संघर्ष र भूमिगत मात्र भएर चल्दैन । अहिले हाम्रा राजनीतिक पार्टीहरुसँग स्वतन्त्रता छ तर प्रयोग गर्न जानेनन्, त्यसको उचित प्रयोग भएन । सत्ता हातमा लिए तर चलाउन असक्षम भएका छन्। सबै कुरा पाए तर ब्यवस्थापनमा चुके।
प्रधानमन्त्री पद आफैमा शक्तिशाली पद हो । यदि साँच्चै परिवर्तन गर्न चाहने मान्छे त्यो पदमा पुग्यो भने देशमा कायापलट हुन सक्छ भन्ने उदाहरण विश्वका कतिपय देशमा देखिइसकेको छ ।
प्रधानमन्त्री पद आफैमा शक्तिशाली पद हो । यदि साँच्चै परिवर्तन गर्न चाहने मान्छे त्यो पदमा पुग्यो भने देशमा कायापलट हुन सक्छ भन्ने उदाहरण विश्वका कतिपय देशमा देखिइसकेको छ ।
अहिलेको अवस्थामा जनताले नकारात्मक टिप्पणी गर्नु र सरकारसँग बितृष्ण पैदा हुनु भनेको बषौँदेखिको जनताको अपेक्षा र प्रतिक्षामाथि तुषारापात भएपछि देखिएको नैराश्यता हो। देशप्रतिको सकारात्मक धारणामा कमी भएको नेतामा इमान्दारिता नदेखिएकाले नै हो भनेर विश्लेषकहरुले बारम्बार भनेकै छन्।
जनताले धेरैचोटी साथ दिए, मौका दिए। उही नेताबाट धोका भएपछि आशा टुटिरह्यो। नयाँ सोच चिन्तन सहितको नेताको पर्खाइमा नेपाली जनताले धेरै बर्ष बिताए।
नेता भनेका जनताको मनमा बस्नुपर्छ, जनताको लागि काम गर्न सक्नुपर्छ। परिवारलाई होइन, भ्रष्टाचारको लागि होइन कुशासनको लागि होइन।
हुन त पहिलेका नेताहरु पनि खुला र स्वच्छ मनले राजनितिमा हिडेका थिए। त्यागी जेल बसेका, अहिले त्यो देखाउन सक्ने पदमा पुगेर बिर्सिए। स्वार्थ थिएन तर क्रान्ति गरेर आए, प्रधानमन्त्री बन्छु भनेर कसैले सोचेर आएनन। कुशलता देखाउन सकेनन् भन्ने बुद्धिजिविहरुको बुझाई छ।
अहिलेको अवस्थामा एकातिर देश संकटमा र नागरिक दुखमा छन्। अर्कातिर दल र दलका कार्यकर्ता, संगठनहरु खान मात्र अघि आएको देखियो। यस्तै पाराले जिम्मेवार नेताहरुले तुरुन्त सही कदम चाल्न सकेनन भने विश्वमा आगो बल्नेछ र हामीले थाहा नै पाउदैनौँ भन्ने राजनीतिक विश्लेषकहरुको बुझाई रहेको छ ।
राजनीतिक विश्लेषक दिपक गजुरेल भन्छन् ‘अहिलेको अवस्था हेर्दा बोकाले दाइँ हुदैन भन्ने पुष्टि भएको मात्र हो, जसले यो देश चलाउँदैछ। यो एउटा कुनै व्यक्ति, वादी वा पार्टीको कुरा गरेको होइन, समग्र देश कसले चलाउदैछ भन्दा काङ्ग्रेस, सबैखाले कम्युनिष्ट, मधेशवादी, साम्यवादी, समाजवादी लगायतका पार्टीले समग्र देश चलाउँदैछन्।
सरकारमा भएका र विपक्षको मात्र कुरा गरेको होइन। अहिलेको संंविधानलाई मानेर हिँड्ने ९६ प्रतिशत सबै देश चलाउन असक्षम भएको देख्दछु । किनभने अहिलेकै कुरालाई हेर्दा एकातिर त्यही मिडियामा राहत बाँडेको भनेर प्रचार हुन्छ अर्कोतिर त्यही मिडियामा धुाधामसँग हजारौँ मानिस सहर छाडेर खान पाइन भन्दै पैदल हिँडेर चार पाँच सय किलोमिटर टाढासम्म पुगेको खबर आउँछ ।
यदि सहरमा संकटमा परेकालाई साँच्चिकै राहत दिएको भए ती मान्छे खान पाइन भन्दै हिँड्ने थिएनन्। जनताहरु भोकले मर्नुभन्दा हिडेरै मर्छु भनेर हिँडेका छन।
त्यो अहिलेका शासकहरुको नालायकीपन हो । भोलि कसैले एकातिर सिठ्ठी बजाइदियो भने, जसरी २०६२–६३ को जनआन्दोलनमा सात वटा दलले आन्दोलन गर्दा पनि ट्राफिक जाम हुँदैनथ्यो, दिल्लीमा १२ बुँदे सम्झौता हुनेबित्तिकै त्यहाँबाट सिठ्ठी फुकेपछि नेपालमा लाखौँ मान्छे सडकमा आएका थिए।
त्यसैगरी अहिले खान नपाएर दुख पाएर बसेका मान्छे टोलटोलमा देखिएका मान्छेहरुको मनोविज्ञान हेर्दा यस समय कुनै पनि बेला आन्तरिक रुपमा पर्दापछाडिबाट कसैले सिठ्ठी फुके भयानक स्थिति आउन सक्छ।
Facebook Comment