चीनभन्दा ३१२ गुणा सानो देशले कोरोनाबाट मृत्युको संख्यामा चीनलाई उछिन्यो

डिसी नेपाल
१ वैशाख २०७७ १५:१८

काठमाडौं। कोरोनाभाइरसले विश्वभरी प्रकोप फैलाएको छ । १८ लाख ५७ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन् भने १ लाख १४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । यो भाइरसको प्रकोप फैलिन सुरु भएको र विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा यो भाइरसका कारण जति मृत्युभ एको छ त्यो भन्दा धेरै मृत्यु चीनभन्दा ३१२ गुणा सानो देशमा भइसकेको छ ।

यरोपेली देश बेल्जियममा कोरोनाभाइरसका कारण ३ हजार ६ सय जनाको ज्यान गइसकेको छ । जबकि चीनमा अहिलेसम्म ३ हजार ३४१ जनाको मृत्यु भएको छ । बेल्जियमको क्षेत्रफल ३० हजार ६८९ वर्ग किलोमिटर मात्र छ । जबकि चीनको कूल क्षेत्रफल ९५ लाख ९६ हजार ९६१ वर्ग किलोमिटर छ । बेल्जियम चीनभन्दा ३१२ गुणा सानो छ । यो देश नेपालभन्दा पनि झण्डै ५ गुणा सानो छ अर्थात नेपालको पहिलेको राजनैतिक विभाजनअनुसार हेर्ने हो भने यो देश लगभग नेपालको एउटा विकास क्षेत्रजत्रै छ ।

बेल्जियमको राजधानी ब्रुसेल्समा युरोपियन युनियनको मुख्यालय समेत छ । जनसंख्याको हिसाबले पनि यो देशको जनसंख्या निकै कम छ । बेल्जियमको जनसंख्याको पछिल्लो आधिकारिक तथ्यांकअनुसार बेल्जियमको जनंख्या १ करोड १४ लाख ६० हजार छ । जबकिचीनको जनसंख्या १ अर्ब बयालिस करोड छ । यो देश निकै विकसित देश पनि हो । यसको २०१८ मा कूल गार्हस्थ उत्पादन ५४२.८ बिलियन अमेरिकी डलर छ । यो नेपालको तुलनामा १८ गुणाभन्दा बढी हो । नेपालको कूल गार्हस्थ उत्पादन २९ बिलियन डलर मात्र छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *