पानीमा उम्रिने रातो झ्याउले कोरोना फैलिनबाट रोक्ने, अनुसन्धानमा सकारात्मक खुलासा

डिसी नेपाल
१ वैशाख २०७७ १५:३८

काठमाडौं। कोरोनाभाइरस फैलिने क्रमलाई रोक्न पानीमा उम्रिने रातो झ्याउ उपयोगी हुने पाइएको छ । भारतको अग्रणी व्यवसायिक कम्पनी रिलायन्सले गरेको अनुसन्धानमा सकारात्मक नतिजा देखिएको हो । भारतका धनाढ्य मुकेश अम्बानीको स्वामित्वमा रहेको कम्पनी रिलायन्सको रिलायन्स लाइफ साइन्स नामक भगिनी संस्था छ जसले स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने गर्छ । यही संस्थाको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका वैज्ञानिकहरुले नयाँ खोज गरेका हुन् ।

रिलायन्सको अनुसन्धानका अनुसार समुद्रमा पाइने रातो झ्याउबाट जुन रसायन निस्किन्छ त्यसबाट कोटिङ पाउडर तयार गरेर यसको प्रयोग सेनिटरी आइटमहरुमा प्रयोग गर्ने हो भने यसले संक्रमण फैलिन रोक्न सक्छ । सेनिटरी आइटममा सिंक, टंकी, शोचालय लगायतका कुराहरु पर्छन् जसको हामी दैनिक प्रयोग गर्छौं ।

रिलायन्सको यो शोधमा वैज्ञानिकहरु विनोद नागले, महादेव गायकवाड, योगेश पवार र शान्तनु दासगुप्ता सहभागी थिए । यी सबै वैज्ञानिक रिलायन्सको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा काम गर्छन् । रिलायन्सका मालिक मुकेश अम्बानीले यसअघि नै भाइरसको संक्रमण रोक्न कम्पनीले सरकारलाई सहयोग गर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *