आज बहराईन दिनार सहित केही देशको मुद्राको भाउ बढ्यो
काठमाडौँ । आज बहराईन दिनारसहित केही देशको विनिमयदर उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ३४ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ५८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ५२ पैयाँ ७२ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३९ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय २३ रुपैयाँ ९५ पैसा रहेको छ।
Facebook Comment