थ्रेसिङ मेसिनमा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन

डिसी नेपाल
२ वैशाख २०७७ ११:१५

भीमदत्तनगर । फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्याक्टरले गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।

मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याइएको छ । भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *