अमेरिकावासी नेपालीलाई कोरोनाबारे उपर्यूक्त जानकारी दिन ‘हेल्प डेस्क’ स्थापना
वासिङ्टन डिसी, अमेरिका । अमेरिकामा रहेको ४० वर्ष पुरानो संस्था एसोशियन वफ नेप्लिज इन मिड्वेष्ट अमेरिका (एएनएमए) ले कोरोना रोकथामका लागि हेल्प डेक्सको स्थापना गरेको छ ।
एक लाखसम्म सदस्यहरु रहेको यो संस्थाले अमेरिकामा रहेका नेपालीहरुलाई कोरोना रोकथामका लागि उपयोगी जानकारी प्रदान गर्नका लागि हेल्प डेक्सको स्थापना गरेको जनाएको छ । हेल्प डेक्सबाट कोरोना भाइरससम्बन्धी उपयोगी परामर्श दिईने छ ।
उक्त संस्थाले सबै नेपालीहरुलाई सरकारको निर्देशन र आदेश पालन गर्न अपिल गर्दै सीडीसी द्वारा जारी सरल रोकथाम उपायहरु अभ्यास गर्न अनुरोध समेत गरेको छ ।
यस्तो छ संस्थाद्वारा जारी प्रेस विज्ञप्ति
प्रतिक्रिया
Facebook Comment