२०२०मा अन्तर्राष्ट्रिय फुटबल नहुने सम्भावना

डिसी नेपाल
२ वैशाख २०७७ १८:२०

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका उपाध्यक्ष भिक्टर मोन्ट्याग्लियानीले सन् २०२१ अघि अन्तर्राष्ट्रिय फुटबल हुने सम्भावना कम रहेको बताएका छन् । कोन्काफ फुटबलका अध्यक्ष समेत रहेका भिक्टरले कोरोना भाईरसको कारण सन् २०२१ अघि अन्तर्राष्ट्रिय फुटबल गराउन कठिन भएको बताएका हुन् ।

‘म व्यक्तिगत रूपमा सोच्दछु कि यो चुनौतीको रूपमा जान सक्छ । किनभने विश्वभर स्वास्थ्य समस्याहरू छन् तर हामी अन्तर्राष्ट्रिय भ्रमण फिर्ता ल्याउन प्रतिबद्ध छौ,’ उनले भने, ‘मलाई लाग्छ कि घरेलु लिग प्राथमिकता हो । सेप्टेम्बरसम्म बुक भएको छ ।’

कोरोनाको कारण फिफाले मार्च देखि जुन महिनासम्मको सम्पूर्ण अन्तर्राष्ट्रिय फुटबल स्थगित गरिसकेको छ । कोरोनाको कारण विश्वकप छनोटका खेलहरु समेत स्थगित गरिएको छ । कोरोनाकै कारण यस वर्ष आयोजना हुने युरोकप र ओलम्पिक खेलकुद एक वर्ष स्थगित गरिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *