कैदीबन्दी रिहा गर्न माग गर्दै रिट

डिसी नेपाल
२ वैशाख २०७७ २१:१५

काठमाडौं । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस सङक्रमण हुन सक्ने भन्दै कानुनबमोजिम उनीहरुको रिहाइको माग गरी मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खिमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्धारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उल्लेख छ ।

निवेदनमा जेष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्नलगायतको आदेश दिन माग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *