आज यूरो, बहराईन र कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ बढ्यो
काठमाडौँ । आज बैशाख ३ गते (बुधबार) यूरोपियन यूरो, यूके पाउण्ड, कुवेत र बहराईन दिनारको भाउ बढेको छ । अमेरिकी डलरसहित केही देशको विनिमयदर स्थिर छ ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ २७ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ५३ पैयाँ ४९ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६० पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९४ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ९६ रुपैयाँ ३७ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ४७ पैसा रहेको छ।
Facebook Comment