कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग

डिसी नेपाल
३ वैशाख २०७७ २१:५५

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा १ करोड सहयोग गरेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

सिंहदरबारमा बुधबार आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए । प्राधिकरणले कोभिडको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पु¥याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ । प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट ५१ लाख सात हजार सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *