इटालीयन सिरी ए लिग सुरु गर्नुपर्ने गाब्रिलेको भनाई
काठमाडौं । इटालियन फुटबल फेडेरेसनका अध्यक्ष गाब्रिले ग्राभिनाले कोभिड १९ को महामारीका कारण स्थगित भएको घरेलु फुटबल लिग सिरी ‘ए’ यसै महिनाको अन्त्यबाट सुरु गर्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष ग्राभिनाले खेलाडी र खेल कर्मचारीहरुको स्वास्थ्य ठिक भएपछि पुनः प्रशिक्षण शुरु हुने पनि बताउनुभयो ।
इटलीका ए डिभिजन क्लवहरुको लिग प्रतियोगिता कोभिड संक्रमण बढ्दै गएपछि गत मार्च ९ मा अनिश्चित कालका लागि स्थगित भएको छ ।
अध्यक्ष ग्राभिनाले सिजन नसके इटालीको फुटबलमा नकारात्मक असर पर्ने भन्दै सिजन पुरा गर्नु पर्ने बताउनु भएको हो ।
तर, उहाँले संक्रमणपूर्ण रुपमा निर्मुल नभएसम्म भने लिग पुनः शुरु गर्न नहुने बताउनुभएको छ । लिग स्थगित हुनु अघि युभेन्ट्स शीर्ष स्थानमा रहेको छ ।।
प्रतिक्रिया
Facebook Comment