फिफाका पूर्व कार्यकारी प्रमुख सेप ब्लाटर विरुद्धका आरोपहरुमा एउटामा सफाई अर्कोको सुनुवाई

डिसी नेपाल
४ वैशाख २०७७ १२:३०

काठमाडौं । स्विट्जरल्याण्डस्थित संघीय अदालतका अभियोजनकर्ता हरुले फिफाका पूर्व कार्यकारी प्रमुख सेप ब्लाटर विरुद्ध दर्ता भएका दुई मध्ये एउटा आरोप फिर्ता लिने भएका छन् ।

विश्व फुटबलको नियमनकारी निकाय (फिफा) को प्रमुख रहँदा ब्लाटरले आपराधिक कुप्रबन्ध गरेको दुई वटा बेग्लाबेग्लै अभियोगसहितको मुद्दा दर्ता भएको छ ।

यसै आरोपमा ब्लाटरलाई साढे चारबर्ष अघी पदबाट बर्खास्त गरी फिफाले ६ बर्षको प्रतिवन्ध लगाएको थियो । १७ बर्षसम्म फिफा प्रमुख रहेका ब्लाटरले सन् २०११ मा आफ्ना उपप्रमुख माइकल प्लाटिनीलाई करारमा उल्लेख नगरिएको २० लाख अमेरिकी डलर भुक्तानी दिएको आरोपमा भने सुनुवाइ भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *