नागरिक लगानी कोषद्धारा ऋणीलाई १० प्रतिशत व्याज छुट

डिसी नेपाल
४ वैशाख २०७७ १७:१२

काठमाडौं । नागरिक लगानी कोषले आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जा लिएका सेवाग्राहीलाई व्याजदरमा १० प्रतिशत छुट दिने भएको छ । २०७६ चैत देखि २०७७ असारसम्मको व्याज ०७७ असार भित्र बुझाएमा सो अवधिमा हुने व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने कोषले जनाएको छ ।

कोष संचालक समितिको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै छुट दिने निर्णय गरेको हो ।

त्यसैगरी, कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैया प्रदान गर्ने निर्णय पनि भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *