उत्पादनसँग जोडिएको क्षेत्रलाई जोगाउनु मुख्य काम हो : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवाडाले अहिले उत्पादनमुलक क्षेत्रसँग जोडिएको क्षेत्रलाई जोगाउनु मुख्य काम भएको बताएका छन् । उनले कोरोना भाइरसका कारण नीजी क्षेत्रमा समस्या भएको भन्दै त्यसका लागि सरकारले काम गरिरहेको बताए ।
विहीबार अर्थमन्त्री भेट्न गएका नेपाल उद्योग परिसंघ (सिएनआइ) सँगको भेटका क्रममा बैंकहरुले नाफा भन्दा पनि कसरी सर्भाइभ हुने भन्नेबारे सोच्नुपर्ने भएकोले सबैलाई बचाउनका लागि विना नाफामा पनि काम गर्नुपर्ने बताए ।
नले हाल सरकारको ट्रेजरीमा धेरै पैसा नभएको र पुँजी र उत्पादनसँग जोडिएको क्षेत्रलाई जोगाउनु अहिलेको मुख्य काम भएको जानकारी दिदै कोरोना संक्रमणको अवधि लम्बिएकाले दोस्रो चरणको प्याकेजमा जाने सरकारले तयारी गरिरहेको स्पष्ट पारे । उनले भने, ‘आउँदो नीति तथा कार्यक्रम र बजेटसम्ममा मध्यकालीन र दीर्घकालीन योजना आउने छन्।’
त्यसैगरी, उनले बैंक तथा वित्तिय संस्थाहरुमा तरलता अभाव हुन नदिने गरी काम गरिरहेको बताउँदै तरलता सरकारको ट्रेजरीमा आएमा बजारमा रकम पठाएर तरलता अभाव हुन नदिने स्पष्ट पारे ।
रेमिट्यान्स घटेर तरलतामा समस्या पर्नसक्छ भन्ने हाम्रो ठम्याई हो, तर हामीले अन्य स्रोतलाई परिचालन गर्न सक्यौ भने असर कम पर्ने देखिन्छ,‘ उनले भने ।
उनले स्थानीय तहको खर्च हुन नसकेको रकम बाणिज्य बैंकहरु मार्फत खर्च हुने बाटो खोलेको बताउँदै उनले बैंकहरुले वाह्य प्रणालीबाट ऋण लिन थालेको र विभिन्न बैंकहरुले आठ अर्बको हाराहारीमा ऋण ल्याइसकेको र सो प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
उनले भने ’नेपालका बैंक तथा वित्तिय संस्थालाई ऋण दिनका लागि आइएफसी वा सीडीसी जस्ता संस्थाहरु तयार छन्, ति सस्ंथाहरुबाट ऋण ल्याउने बैंकहरुको लागि सरकारले के नियमन गर्न सक्छ। त्यो गर्छ,’।
अर्थमन्त्री डा.खतिवडाले उद्योग क्षेत्रमा व्याज र कर्मचारी सेवा सुविधा र सामाजिक सुरक्षाको समस्या रहेको बताउँदै पहिलो चरणमा ल्याएको राहत प्याकेजमा ब्याज, किस्तालाई मात्र ध्यान दिएका थियौ तर अव निजी क्षेत्रको लगानीलाई सामान्य अवस्थामा फर्काउनका लागि विषेश योजना ल्याउने पनि उल्लेख गरे।
‘विश्व बैंक, एशियाली विकास बैंक, पूर्वाधार विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत संस्थाहरुले नयाँ शीर्षकमा थप बजेट विनियोजन गर्ने बताएका छन्। जुन हाम्रो लागि राम्रो कुरा हो यसबाट हामीलाई उत्साह थपेको छ ।’ उनले भने ।
Facebook Comment