विश्व टेबल टेनिस वरियतामा नेपाली खेलाडीको सुधार
काठमाडौं । अन्तराट्रिय टेबल टेनिस संघ (आईटिटिएफ) बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालका श्यान्टु श्रेष्ठ एक स्थान सुधार गर्दै माथि उक्लिएका छन । गत मार्चमा भएको वरियतामा उनी ५६२ औं स्थान बाट १६६ स्थान माथि उक्लदै ३९६ स्थानमा आईपुगेका थिए । बिहीबार सार्वजनिक भएको नयाँ वरियतामा उनी फेरि एक स्थान उक्लदै ३९५ औं स्थानमा आईपुगेका छन ।
श्यान्टु संगै टेबल टेनिसको विश्व वरियतामा नेपालका पुरुषोत्तम बज्राचार्य ५९४, अमर मल्ल र संयोग कपाली ७१८, बिनेश कनैह्या र सुनिल मर्हजन ९९७ औ स्थानमा रहेका छन ।
पुरुष तर्फ विश्व वरियतामा ११५ औं स्थानमा रहेको नेपाल महिला तर्फ ८० औं स्थानमा रहेको छ ।
त्यस्तै महिला खेलाडी हरुको वरियतामा नेपालकी नविता श्रेष्ठ ३५६, सिक्का सुवाल ५३३, एलिना मर्हजन ५३३, स्वेक्षा नेम्बाङ ८०५, दिक्षा तामाङ ८०५ र रविना मर्हजन १ हजार ९९ औं स्थानमा रहेकी छिन ।
Facebook Comment