भ्रष्टाचार आरोपी हिरासतमुक्त

डिसी नेपाल
४ वैशाख २०७७ २०:१७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका थप चार जनालाई मुक्त गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण तथा कसुरको गम्भिरता र अनुसन्धानको पूर्णतालाई विचार गरी उनीहरुलाई हिरासत मुक्त गरिएको हो ।

आयोगले हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिसमेतलाई मध्यनजर गरेर बाँकी अनुसन्धान आगामी दिनमा गर्ने गरी धरौटी लिएर तारेखमा राखी छाडिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *