अन्यायको स्पर्श (कविता)

डिसी नेपाल
५ वैशाख २०७७ १५:०५

म तिमीसगँ भेटीनु अघि ,
लक्ष्य र योजना विहीन ।
आट र साथ विहीन,
समयको कुनै प्रवाह नगरी ।
बाँचनुमात्रै जीवन हो भन्दै ,
आफ्नै गतिमा हिडिँरहेकी थिएँ।

दुखः सुख जे छ मेरो भाग्यमा,
त्यही अनुसार भोग्ने मेरो सोचाइ थियो ।
अरुले जे भने पनि सहनु कर्तव्य हो भनठान्थे म,
अन्याय थाहा पाए पनि ।
आफ्नै इज्जतको भयले,
मुख बन्द गरी चुपचाब बस्थेँ।

मनमै च्यापिएका पीडाले,
मन भरियो।
आँखाबाट छलछलकिदै बाहिर आउँन थाल्यो पीडा,
आँसुसगैँ मन बिस्तारै हलुका हुन थाल्यो ।
सोचे आँसु नै मेरो सहारा हो,

आसु झरेसँगै,
मनका पुराना भारी मात्रै हलुका भए।
पुन थपिदैँ जाने बचन र नराम्रा व्यावहारले मन मात्र हैन शरीर गलायो,
फेरी सोचेँ,
बाच्नु जीवन हो।
तर बाच्नु मात्र जीवन हैन,
भोग्दैँ जादाँ मलाई जीवन के हो?
सिकायो भोगाइले !
र चेतनाले,

अन्याय आँशुले साटिदैन रहेछ,
साथ खाेजेर पाईने रहेनछ ।
म यति बेलास,
साथ र न्यायकाे
असली अनुहार खाेज्दैछु।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *