‘चीनमा केही यस्तो भयो जसको बारेमा हामीलाई केही थाहा छैन’

डिसी नेपाल
५ वैशाख २०७७ १५:१४

काठमाडौं। अमेरिका र बेलायतपछि अब फ्रान्समा राष्ट्रपति इम्मानुएल म्यांक्रोले पनि कोरोनाभाइरसका विषयमा चीनमाथि प्रश्न उठाएका छन् । म्यांक्रोले फाइनान्सियल टाइम्सलाई दिएको अन्तरवार्तामा भने ‘चीनमा केही यस्तो भएको छ जसको बारेमा हामीलाई थाहा छैन ।’ म्यांक्रोको यो अन्तरवार्ता बिहीबार प्रकाशित भएको छ । म्यांक्रोले चीनले जसरी कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्यो त्यसबाट ऊमाथि शंका हुन लागेको बताए ।

उनले चीनमाथि प्रश्न उठाउँदै भने ‘यति सोझो नबन्नुस् र यो पनि नभन्नुस् कि योभन्दा राम्रो तरिकाले भाइरस नियन्त्रण गरियो ।’ म्यांक्रोले यी कुराहरु महामारीको व्यवस्थापनका विषयमा चीनले गरेका दावीको जवाफ दिँदै भने । उनले अगाडि भने ‘हामीलाई थाहा छैन । केही कुराहरु स्पष्ट रुपमा यस्ता भएका छन् जसको बारेमा हामीलाई थाहा छैन ।’ म्यांक्रोभन्दा अगाडि अमेरिका र बेलायतले चीनविरुद्ध कठोर रणनीति अपनाइसकेका छन् ।

गएको डिसेम्बरमा यो भाइरस चीनको वुहानबाट सुरु भएको थियो र अहिलेसम्म विश्वभर लाखौंको ज्यान लिइसकेको छ । म्यांक्रोले भने ‘हामी सबै एक अकल्पनीय स्थितितर्फ बढिरहेका छौं । म्यांक्रोले २०१७ मा फ्रान्सको सत्ता सम्हालेका थिए । उनले भने ‘हामी केही नयाँ आविष्कार गर्नेतर्फ सोचिरहन्छौं र यही हो जो हामी गर्न सक्छौं ।’ उनले पूरै विश्व रोकिएको र सबै एक असाधारण समयतर्फ बढिरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *