डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन

डिसी नेपाल
५ वैशाख २०७७ २१:५३

ब्रसेल्स । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लुएचओलाई समर्थन रहेको जानकारी दिएका हुन् ।

संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईमा डब्लुएचओलाई यो वेला साथ दिनुपर्ने आवश्यकतामा युरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् । विदेश मामिला र सुरक्षा नीतिसम्वन्धी अधिकारीहरुले बहुपक्षीय प्रणालीमार्फत् सवैसँग सहकार्य गर्नुपर्ने समय रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार डब्लुएचओलाई दिँदै आएको सहयोगमा आधा कटौटी गर्ने घोषणा गरेका थिए । उनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतीको घोषणा गरेका थए ।

त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेयेसले महामारीका बेला राजनीति नगर्न आग्रह सहितको प्रक्रिया दिएका थिए। रकम कटौती गर्ने उनको घोषणाप्रति अन्य विभिन्न देशका प्रतिनिधिहरूले पनि चर्को असन्तुष्टि जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *