चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए १२९० मृतक
काठमाडौँ । कोरोनाभाइरस महामारी सुरु भएको चीनमा एकै दिन १ हजार २ सय ९० जना मृतकको संख्या थपिएको छ । यो पछिल्ले २४ घण्टामा ज्यान गुमाएकाको संख्या भने होईन ।
अस्पताल बाहिर मृत्यु भएकाहरुको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १,२९० मृत्युका घटनालाई कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको तथ्याङ्कमा थप गरिएको हो। यो सँगै अब चीनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ।
चिनियाँ सरकारी पत्रिका चाइना डेलीले वुहान शहरको मुख्यालयलाई उद्धृत गर्दै प्रारम्भिक विवरणमा केही गल्ती भएको र नयाँ तथ्याङ्क सार्वजनिक गर्न ढिलो भएको बताएको छ।
२४ घण्टामा ३५२ संक्रमित थपिए
यस्तै चीनमा पछिल्लो २४ घण्टामा ३५२ जना संक्रमित फेला परको छन् । बिहीबार २६ जना मात्रै संक्रमित फेला परेका थिए । चीनमा लकडाउन खुलेयता एकै दिन भेट्टिएका संक्रमितको संख्या यो सबैभन्दा धेरै हो ।
यो सँगै चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ७ सय १९ पुगेको छ ।
महामारी सुरु भएको वुहान शहरमा लकडाउन हटाएको चीनले वन्यजन्तुको मासुमाथि प्रतिबन्ध लगाएको छ।
Facebook Comment