तपाईका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक ग्रहफल

डिसी नेपाल
६ वैशाख २०७७ ८:१९

मेष : आत्माबल बढे तापनि समयले साथ नदिँदा पछि परिनेछ । मेहनतले सफलता दिलाउन सक्छ । स्वास्थ्यप्रति हेक्का राख्नुहोला ।

वृष : साथीहरूसँग मनोरञ्जन तथा रसास्वाद गर्न केही समय कुर्नुपर्नेछ । सेतो रंगको प्रयोग गर्न सक्दा मानसिक तनाव कम हुनेछ ।

मिथुन : सञ्चार माध्यमको अनुशरण गरी नयाँ योजना बनाइनेछ । योजनाहरू आंशिक रूपमा कार्यान्वयन हुनेछ ।

कर्कट : सामाजिक तथा परोपकारी क्षेत्रमा धन खर्च गरिनेछ । आफूले चालेका महत्वपूर्ण कार्यहरू ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ ।

सिंह : साथीभाइ तथा आफन्तबीच सामाजिक दूरी कायम गर्न सक्दा सबैको कल्याण हुनेछ ।

कन्या : रोकिएका कार्य सम्पन्न नहुँदा थप आर्थिक संकटको भार बेहोर्नु पर्नेछ । प्रशंसा गर्नेहरूले आलोचना गर्न सक्छन, कम बोल्दा आफू सुरक्षित भइनेछ ।

तुला : अर्कालाई भलाइ हुने कार्य गरेर धेरैको मन जित्न सकिनेछ । प्रतिष्ठा जोगाउन अरूका लागि समय धन तथा बुद्धि खर्चनु पर्नेछ ।

वृश्चिक : सोच विचार नगरी अरूलाई बचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ । परिस्थितिको हेक्का राखी अवसरलाई चुनैतीका रूपमा शिरोधार्य गरी प्राप्त मौका नगुमाउनुहोला ।

धनु : शारीरिक व्यायाम तथा ध्यान गर्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अरूको मन जित्नाले सजिलै सहयोग जुट्नेछ ।

मकर : भित्रभित्रै भविष्यको चिन्ताले सताउन सक्छ । घरायसी व्यवहारको काम गर्दा विशेष होस पुर्‍याउनु पर्नेछ ।

कुम्भ : यो साता इष्टमित्रबाट टाढै रहँदा लाभ हुने देखिन्छ । आर्थिक सन्तुलन गडबड हुँदा प्रसंशा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन, बोलीको मधुरताले बिग्रन लागेका सम्बन्धलाई मलम लगाउन सहयोग गर्नेछ ।

मीन : प्रतिकूल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना छ, कारोबार गर्दा सावधानी अपनाउनुहोला ।

आज बैशाख ६ गतेदेखि १२ गतेसम्मको पूरा राशिफल भिडियोमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *