राधामाधव समिति नेपालद्वारा राहत सामाग्रि वितरण

डिसी नेपाल
६ वैशाख २०७७ ८:३७

काठमाडौं। राधामाधव समिति नेपाल अन्तर्गतका विभिन्न सत्संग केन्द्र र यस अन्तर्गतका भातृ संगठनले दैनिक ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएका परिवारलाई राहत वितरण गरेको छ।

लकडाउनका कारण रोजगारी गुमाएका र विहान बेलुका छाक टार्न मुश्किल परेका परिवारका सदस्यलाई राहत वितरण गरिएको हो।

यसैगरी राधाभावन समितिले काठमाडौ महानगरपालिका–४ थापाथली स्थित ४ अखाडाका साधुहरु र वडा नम्बर ४ ,८ ,९ ,११ र २६ मा दैनिक ज्यालामजदूरी गरी जीवन निर्वाह गर्ने तथा अभाव झेलिरहेका विपन्न परिवारलाई आवश्यक पर्ने खाद्य सामाग्रि वितरण गरिएको हो।

यसैगरी राधामाधव समिति नेपाल (रामबजार ) पोखरा केन्द्रद्वारा पोखरा महानगरपलिका वडा नम्बर १५ का अप्ठेरोमा परेका लक्षित वर्गलाई वितरण गर्न ५१ हजार नगद हस्तान्तर गरिएको छ।

समितिको उदयपुर सत्संग केन्द्रद्वारा त्रियुगानगरपालिका वडा नम्बर १० र वेलादेवीपुर धनगढी सत्संग केन्द्रद्वारा धनगढी उपमहानगरपलिका वडा नम्बर ११ कालक्षितवर्गलार्ई वितरण गर्न वडा कार्यालयलाई खाद्य सामाग्री हस्तान्तर गरेको जनाएको समितिले जनाएको छ।

राधामाधव समिति नेपाल सत्संग केन्द्र स्याङ्जा र भातृ संस्था डिभाइन युथ क्लव नेपाल स्याङ्जाले पुतलीबजार नगरस्तरीय प्रकोप व्यवस्थापनकोषको लागि २१ हजार पुतलीबजार नगरपालिकाका मेयर सीमा क्षेत्रीलाई र डिभाईन युथ क्लब नेपाल वालिङले वालिङ नगरपििलका कोभिड १९ राहतकोषका लागि रु १५ हजार १ सय दश नगरपालिकाका मेयर दिलिपप्रताप खाँडलाई हस्तान्तर गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *