कथाः अल्लारे प्रेम

धनकुमार कार्की
६ वैशाख २०७७ ११:१८

हेलो
हलो को बोल्नुभएको ?

म मनिष के तिम्रो स्कुल पढ्दाको साथी मनिष।

मेरो मानसपटलमा एकाएक दृष्यहरु झल्किन थाल्यो।

भनिन्छ, प्रेम प्रतिभावान मानिसले मात्र गर्ने चिज हो। प्रेम आजको समाजका पनि मूल्य र मान्यताहरूको नजरमा सधैँ दोषी ठहरिन्छ। किनकी प्रेम गतिशील छ, जो समाजका मूल्य मान्यताहरूको अनुयायी भएर कहिल्यै रहन सक्तैन।

प्रेमले समुद्रको गहिराई नाप्न चाहन्छ अनि आकाशको उचाइ। दुर्भाग्य घरपरिवार र समाजले मूल्यमान्यताको उल्ंघन सहन सक्तैन। यथास्थितिवादीको हुलमा प्रेम जोगाउन गाह्रो हुन्छ। कुनै समय मेरो साथी मनिषका लागि पनि नितान्त प्रिय थियो, मन परेको मान्छे समिपमा हुनुले समयको हर उतारचढाव सहज थियो। समय खुसीमय पनि थियो। उसलाई पूmलेका गुलाब र रमाउँदै गीत गाएका चराहरू साथी जस्तै लाग्थ्यो र उ समयसँग पनि निकै कृतज्ञ थियो। किनकी उ पे्रममा थियो।

मनिष मेरो साथी, पढ्नमा निकै मिहिनेती, संस्कारी परिवारमा हुर्केको, विद्यालयमा पनि सबैको आशा बोकेको कुशल छात्र थियो। त्यतिमात्र नभई उ मेरा लागि असल मित्र थियो। हाम्रो मित्रता देखेर सबै छक्क पर्दथे अनि भन्थे–तिमीहरुको त आन्द्रा गाँसिएको छ कि क्या हो?

जेठको महिना तराइतिर दिउँसो गर्मी हुने भएकाले बिद्यालय बिहान लाग्ने गथ्र्यो। स्कुल लाग्न थालेको एक हप्ता भएको थियो। मनिष पढ्नमा एकदमै ध्यान दिने मान्छे, आठ पास गरेर भर्खरै ९ कक्षामा गएको मनिष पन्ध्र पुगेर सोह्र मात्र के लागेको थियो। शिक्षक शिक्षीका पनि नयाँ नयाँ थिए। कक्षामा ३५ जना विद्यार्थीहरुको नजरमा मनिष एकदमै कुशल छात्र हो।

किनभने मनिष त्यस विद्यालयमा आएदेखि नै प्रथम हुँदै आएको छात्र पनि थियो। विद्यालयले अतिरिक्त क्रियाकलापमा बाहिर जाँदाखेरी पनि मनिषले विद्यालयको इज्जत उच्च बनाएर धेरै ठाउँबाट पुरस्कार हात पारिसकेको थियो।

नयाँ कक्षा सुरु भएको एक हप्ता बितेको हुँदो हो। बिहानको कक्षा चलिरहेको बेला पाचौँ पिरियडको मिसले पढाइरहेको बेला दुईजना नयाँ केटीहरु टुप्लुक्क देखा परे।

प्रथम बेन्चमा बसेको मनिषको आँखा पनि परिहाल्यो। तिनीहरु पनि नयाँ भर्ना भएका केटीहरु रहेछन। नयाँ कक्षा, नयाँ साल, नयाँ कोठा सबैथोक नया साथी पनि नयाँ भएकाले होला हामी सबैजना मख्ख थियौँ नै यसरी पढाई चल्यो एक हप्ता।

एक हप्तापछि एकजना साथीले मनिषलाई कुरा सुनायो। लक्ष्मीले त तिमीलाई मन पराउँदो रहेछ! लक्ष्मी त्यही मनिषसँग आखा जुधेको केटी हो। मनिषलाई यो सुनेर निकै रिस उठेको थियो। किनभने उ सानै उमेरमा प्रेममा पर्न चाहदैनथ्यो। विद्यालयको इज्जत धान्ने विद्यार्थी त्यसमा पनि समाजले नकार्ने कुरा पच्ने नै भएन। उसले वास्ता गरेन।

त्यसको एकदुई दिनपछि यो कुरा कक्षाका सबै साथीलाई हल्ला भइसकेको रहेछ। सबिता भन्ने साथीले मनिषलाई एउटा कागजको टुक्रा थमाइन। त्यो कागज लक्ष्मीले मनिषलाई लेखेको प्रेमपत्र रहेछ। उनले लेखेको पहिलो पे्रमपत्र मनिषले उनकै अगाडि गएर धुजाधुजा पारेर च्यातेर फाँकिदियो र बेस्सरी थर्काएको थियो।

जिन्दगी सधैँ सरल एकनासले रेखामा बग्दैन। जीवनको अंकगणितको कुनैकुनामा ज्यामिती पनि छ, जहाँ सरलरेखा मात्र होइन वक्र रेखाहरू पनि छन्। मनिषले गरेको ब्यवहारले लक्ष्मीलाई पनि चित्त दुखेको हुँदो हो। त्यस दिन केही बोलिनन्। फेरि अर्को दिन उनले मनिषलाई पे्रमपत्र लेखिन पठाइन। दोस्रो पत्र उसले समायो किनभने पत्र मैले नै दिएको थिएँ। उसले घरमा गएर पढेछ।

त्यो पे्रम पत्रमा के लेखेको थियो थाहा भएन तर मनिषमा चाहिँ नयाँ कुरा देखियो। उसले लक्ष्मीको पे्रमलाई स्विकार्यो तर उ हितैसी मित्र मसँग खुलेन। उसका बानी परिवतर्न भयो। अब उनीहरुको गोप्य मायापिरती प्रगाढ हुँदै गयो।

केही पुरानो कुरा । जो नजरमा पनि थिएन , आज मनिष उसैको दिलभित्र थियो। भाग्यमा प्रेम लेखिन्छ या प्रेममा भाग्य म यसै भन्न सक्तिन तर जे भयो केही असामान्य भयो। मनिषमा पनि एक अल्लारे यौवन थियो र तीव्र महत्वकांक्षा भरिएको थियो।

म पनि अन्तर्मुखी मान्छे । एक मन मा उसको भलो होस भन्ने चाहन्थेँ। उसको समिपमा रहिरहन चाहन्थेँ, उसका गुणगान सुन्न मन पराउथेँ। उमेरले भर्खर आमाको काखबाट निस्केको जस्तो लाग्ने उसैमाथि जेहेन्दार विद्यार्थी। उ यसरी बेला नपुगी पे्रममा पर्नु मबाट पनि टाढिनु, पढाइमा मन नलगाउनु मेरा लागि राम्रो थिएन।मैले बारम्बार सम्झउने समेत प्रयास गरेको हुँ। आफूलाई लागेका पनि कयाँै कुरा मनमा थुनेर राख्नुपर्ने आफ्नै बाध्यता हुन्छन्।

अन्ततः उनीहरुको यो प्रेमचक्र डेढ बर्षसम्म चल्यो यतिन्जल मेरो र मनिषको सम्बन्ध खासै राम्रो थिएन। आफ्नो इज्जत र मर्यादाका लागि प्रेमको बलिदान गर्नेहरू लाखौँ छन्। उनीहरुले सायद यस्तै सोचे होलान। उनीहरुको पे्रम एसएलसी परीक्षा आउनुभन्दा छ महिना पहिले छुटेको थियो। त्यसपछि सबैले राम्ररी पढेर एसएलसी परीक्षा दियौं। त्यसपछि सबैजनाको बिछोड भएको थियो।

कहिलेकाँही सामाजिक सन्जालमा फोटो हेर्नुको बिकल्प थिएन। कुनै साथीहरुबाट थाहा पाउँदा मनिषले पढाई छोडेको थियो रे। एसएलसीपछि उसले पून मिलन गर्न खोज्दा लक्ष्मीले मानिन रे त्यसैले उसको प्रेममा पागल भएको हल्ला सुनेको थिएँ।

अहिले मनिष र लक्ष्मीको प्रेम र स्नेह मेरा मानसपटलमा झल्किन्छन्। गोप्य र असामान्य प्रेम केही टिकाउ हुन्छ। एकै ठाउँमा रहेर पनि उबेला उनिहरुको प्रेमलाई चाँहि बुझन सकिन। उनीहरुको प्रेममा कसैको नजर परेको थिएन।

यतिबेला लक्ष्मी बिबाह गरेर पनि एउटा छोराकी आमा भइसकेकी छे। घरब्यवहार सम्हालेर परिवरसँगै दिनानुदिन सफलताको सिँढी चढ्दै छे। यता मनिष राम्रो अंक ल्याएर एसएलसी पास भयो। त्यसपछि पढाइको शिलशिलामा म काठमाडौ आएँ।

त्यसपछि हाम्रो कुरा भएको थिएन एक्कासी हिजो नयाँ नम्बरबाट मलाइ फोन आएछ मैले पनि उठाएँ। पुराना कुरा गर्दै झन्डै एक घण्टा कुरा गरिएछ। उसले पुन पढाईलाई निरन्तरता दिने निर्णय गरेछ। मैले पनि उसलाई शुभकामना दिएँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *