जहाँबाट सुरु भएको थियो कोरोना, त्यही ठाउँले मार्यो नयाँ फड्को, गरियो नयाँ घोषणा
काठमाडौं। चीनको वुहान सहर कोरोनाभाइरसको ‘लो रिस्क एरिया’मा समावेश भएको छ । गएको डिसेम्बरमा यहीँबाट विश्वव्यापी महामारी कोरोनाभाइरसको संक्रमणको सुरुवात भएको थियो । अधिकारीहरुका अनुसार चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा विगत १४ दिनदेखि कोभिड–१९ को एउटा पनि नयाँ केस भेटिएको छैन । यससँगै यो शहरलाई कम जोखिमपूर्ण क्षेत्र अर्थात लो रिस्क एरिया घोषणा गरिएको छ ।
सिन्ह्वा समाचार एजेन्सीले शनिबार प्रान्तीय कोभिड १९ महामारी निवारण तथा नियनत्रण मुख्यालयको हवाला दिँदै बताएअनुसार शुक्रबारसम्म हुबेइ प्रान्तमा ७६ कम जोखिमपूर्ण सहर छन् । प्रान्तमा अब कुनै पनि उच्च जोखिम वा मध्यम जोखिमयुक्त सहर बाँकी छैनन् । वुहानलाई २७ मार्चमा उच्च जोखिमयुक्त सहरबाट मध्यम जोखिमयुक्त सहर घोषणा गरिएको थियो । चीनको स्टेट काउन्सिलद्वारा जारी गाइडलाइनका अनुसार पछिल्ला १४ दिनमा कुनै पनि नयाँ केस नभेटिएका सहर, काउन्टी र जिल्लालाई कम जोखिमयुक्त क्षेत्रमा समावेश गरिन्छ ।
Facebook Comment