संक्रमणको जोखिम र लकडाउनको मारबाट यसरी एकै पटक पार पाउन सकिन्छ

डिसी नेपाल
७ वैशाख २०७७ ११:३०

विगत केही दिनदेखि विद्युतीय संचारमाध्यमले छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणमा व्यापक वृद्धि भएको देखाइरहेका छन्। विशाल जनसंख्या भएको भारतमा यसरी कोरोना संक्रमण बढ्नु नेपालका लागि पनि राम्रो होइन।

दुई मुलुकबीच खुला सिमानाका कारण सिमाना बन्द गर्दा पनि लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। नेपाल र भारतबीच सदियौंदेखि ‘रोटी र बेटी’को सम्बन्ध रहिआएको छ ।

पारिवारिक सम्बन्ध सीमावारपार जोडिएका यी दुई देशबीच सीमाबाट आवतजावत रोक्नु सहज काम पक्कै होइन । त्यसमाथि नेपाल भारत सीमामा लुकिछिपी भन्सार छलेर सामान ओहोरदोहोर गराउनेहरु पहिलेदेखि नै सक्रिय छन् । तिनैहरु अहिले मानव,  मानव ओसारपरासमा सक्रिय नहोलान् भन्न पनि सकिन्न ।

धेरै जनसंख्या भएका कारण त्यहाँ केन्द्रीय र प्रादेशिक सरकारको निर्देशन समेत नागरिकले अवज्ञा गरिरहेका छन्। विशेष गरी भारतमा मुस्लिम समुदायबाट लकडाउनको धेरै अवज्ञा भएको देखिन्छ। जसका कारण नेपाल पनि ढुक्क भएर बस्ने अवस्था छैन।

भारतमा भएको कुनै पनि घटनाको तत्काल र प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भएकोले भारतको याे ट्रेण्डले नेपालमा यस्तै परिस्थिति सृजना हुने खतरा कायमै छ । यसमाथि भारतीय च्यानलको नेपालमा अत्यन्तै प्रभाव रहेकोले भारतका यी घटनाक्रमहरु नेपालीबाट लुक्न सक्ने अवस्था पनि रहेन ।

राज्यसँग हाम्रो मुलुकमा कति चिकित्सक छन्, को कहाँ छन्? कति राज्यले छात्रावृत्तिमा पढाएका छन्, कति दाता मुलुकका वा एजेन्सीका छात्रवृत्तिमा पढेका छन्, कति अनुदान सहयोगमा पढेका छन्, ती सबैले राज्यलाई आजको महामारीसँग लड्नु पर्दा नागरिकलाई उपचारका लागि साथ दिनु पर्ने हो कि होइन?

यसको विपरित भारतमा अर्को तथ्य के राम्रो देखियो भने त्यहाँका स्वास्थ्यकर्मी चिकित्सकहरु अत्यन्तै खटेको र जिम्मेवार देखिए भने त्यहाँको सरकार र सरकारी निकायहरु नागरिकप्रति र व्यावसायी निजी क्षेत्रप्रति उत्तिकै जवाफदेही र जिम्मेवार देखिए।

राहतका आर्थिक व्याकेजहरु त्यहाँको केन्द्रीय र प्रादेशिक सरकारले केन्द्रीय बैंकले जुन ढंगले ल्याए, यो हेर्दा भारतले विश्वव्यापी कोरोना नियन्त्रण गर्न निकै राम्रो व्यवस्थापन र पहल लिएको देखिन्छ।

उता अर्को छिमेकी देश चीन त कोरोनाको कहाली लाग्दो अवस्थाबाट पार पाउँदै छिमेकी र मित्र राष्ट्रलाई सहयोग गर्न समेत उद्दत देखिएको छ। कोरोनाको संक्रमण चीनबाटै सुरु भएको थियो । तर, उसले समयमै यो महामारीबाट पार पाउँदै अहिले सामान्य अवस्थामा फर्किंदैछ ।

सुरुवाती समयमा महामारीको इपिसेन्टर रहेको हुबेइ प्रान्तको राजधानी वुहान अहिले कम जोखिमयुक्त घोषणा भइसकेको छ । अत्यन्तै जोखिमयुक्तबाट मध्यम जोखिमपूर्ण हुँदै अहिले न्यून जोखिमयुक्त घोषणा हुनुका पछाडि त्यहाँको कुशल व्यवस्थापन नै मुख्य कारक रह्यो ।

यहाँ पछिल्लो १४ दिनमा एक जना पनि नयाँ संक्रमित नदेखिएपछि वुहान शहरलाई कम जोखिमयुक्त घोषणा गरिएको हो । यतिमात्र होइन अहिले हुबेइ प्रान्तमै उच्च जोखिमयुक्त वा मध्यम जोखिमयुक्त कुनै शहर, जिल्ला वा काउन्टी बाँकी छैनन् ।

तर जसले जे भने पनि अमेरिकाले सबै नागरिकको एकसरो टेस्ट गरेर त्यसपछि अपनाइने सतर्कता र लकडाउनको मुक्ति सँगसँगै अगाडि बढाएको छ। त्यसरी हेर्दा नेपालको कोरोना विरुद्धको प्रयास र तदारुपता जति राम्रो देखिएपनि भौगोलिक अवस्था सामाजिक बनोट, अल्पविकसित मुलुकको स्टाटसका कारण प्रयास अपर्याप्त देखिएको छ।

नेपालले के गर्नुपर्ने देखियो भने कुनै एउटा जिल्लालाई पूरै टेस्ट गरेर कोरोना भए/नभएको पहिचान गरेर त्यसको बाह्य आवत जावत नियन्त्रण गर्ने र आन्तरिक बन्दाबन्दीलाई खुकुलो गर्दै त्यही क्रमले क्रमशः अन्य जिल्ला र प्रदेशमा पनि त्यही हिसावले अगाडि बढ्नु आगामी दिनमा उपयुक्त होला।

लेखक : जगदीश दाहाल

अन्यथा कुनै जिल्लाको नागरिक विदेश आवत जावत नै छैन, कोरोनाको संक्रमण त्यहाँको समाजमा फैलिने कुनै संभावना नै छैन भने त्यस्तो जिल्लाको नागरिकलाई, समाजलाई बन्दाबन्दीमा राख्नु कदाचित न्यायोचित हुँदैन।

यसरी नै योजनाबद्ध रुपमा अगाडि बढ्ने हो भने केही हप्तामा नै बन्दाबन्दीबाट नागरिकलाई मुक्त गर्न सकिने र कोरोना भएका शंकास्पद र विदेशबाट आएका जतिलाई निश्चित दायरा भित्र राखेर उपचार गर्ने र अरु बाँकी नागरिकलाई तिनीहरुको सम्पर्क भन्दा टाढा बन्दाबन्दी मुक्त राख्न सकिन्छ।

त्यसो गर्दा स्कुल, कजेल, उद्योग, व्यवसाय पनि संचालनमा आउन सक्ने र आर्थिक रुपले मुलुक चलायमान रहने, आर्थिक संकटबाट मुलुकले मुक्ति पाउन सक्ने हुनसक्छ। तर दुखको कुरा के हो भने जसरी छिमेकी मुलुक भारतमा, जसरी अर्को छिमेकी मुलुक चीनमा, अन्य मित्रराष्ट्रहरुमा जस्तो देखियो त्यो भन्दा फरक हाम्रा स्वास्थ्यकर्मी चिकित्सक समग्रमा परिचालित भएका छैनन्।

निजी क्षेत्रका स्वास्थ्य निकायहरु समग्रमा प्रयोगमा नआएको यो अवस्था सायद उपकरणको अभावले होला, राज्यको नीति निर्देशक वा कानुनको अभावमा होला, जे भएर भएपनि दुख लाग्दो पक्ष हो।

निजी क्षेत्रका अस्पतालमा सामान्य बिरामी जाँदा बिरामी नलिने पनि देखियो। समग्र डाक्टरहरुको सोचाइमा यो कोरोना भाइरसको महामारी भनेको केवल सरुवा रोगसँग सम्बन्धित चिकित्सकको मात्रै विषय र जिम्मेवारी हो भन्ने सोचाइले काम गरेको देखियो। यो राम्रो पक्ष होइन।

राज्यसँग हाम्रो मुलुकमा कति चिकित्सक छन्, को कहाँ छन्? कति राज्यले छात्रावृत्तिमा पढाएका छन्, कति दाता मुलुकका वा एजेन्सीका छात्रवृत्तिमा पढेका छन्, कति अनुदान सहयोगमा पढेका छन्, ती सबैले राज्यलाई आजको महामारीसँग लड्नु पर्दा नागरिकलाई उपचारका लागि साथ दिनु पर्ने हो कि होइन? यी सबैको तथ्यांक केलाउने र जिम्मेवारी दिने तदारुकताको कमी देखियाे।

सरकारसँग यसको तथ्यांक नहुनु, यसरी लुकेका, भागेका वा थन्किएर बसेका डाक्टरहरुलाई घरबाट ल्याएर महामारीका विरुद्ध नागरिकको उचपारमा लगाउन नसक्नु सरकारको अक्षम्य कमजोरी देखियो। यो दुख दायक हो। अन्यथा अहिलेको २१ औं शताब्दीमा मुलुक र मुलुकबासीले आज जे देखे अनि भोगे त्यसले आगामी दिनका लागि ठूलो पाठ सिकायो।

र मुलुकको समग्र विकास सबै पक्षमा उत्तिकै विकास र जनचेतना साथसाथै मुलुकको अग्रगमनलाई यो एउटा विश्वव्यापीको घटनाले नेपालीलाई आउने दिनमा कृषिको विकास लिएर अगाडि बढ्न जाँगर र जोश उमंग मिल्ने कुरा नकार्न सकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *