आफन्त भेट्न भन्दै नेपाल आएका भारतीयका कारण नेपाल संक्रमणको उच्च जोखिममा
काठमाडौँ । छिमेकी मुलुक भारतमा उच्च दरले कोभिड–१९ (कोरोना) संक्रमण फैलिरहेका बेला नेपालपनि त्यसको दर ह्वात्तै बढेको छ। शुक्रबार र शनिबार गरी १५ जनालाई सक्रमण देखिदा नेपालमा संक्रमितको संख्या ३१ पुग्यो। त्यसमध्ये तीन जना उपचारपछि निको भएर घर फर्किएका छन्।
शुक्रबार बिहानसम्म १६ जना संक्रमित रहेको नेपालमा साँझ एक्कासी १४ जना थपिए भने शनिबार साँझ अर्को एक जना थपिए। संक्रमितका कारण संख्या दोब्बर हुन पुग्यो।
अहिले सम्म धेरै संक्रमित भारतीय नागरिक देखिएका छन्। यसरी भारतीय संक्रमितको चाप नेपालमा बढ्दै जाँदा उनीहरु रहेको स्थान, उनीहरुको शारीरिक संगतमा रहेका व्यक्तिहरु पनि प्रभावित हुने संभावना बढेको छ। यदि यस्तो भए नेपालमा दोस्रो तहका संक्रमतिहरुको संख्या पनि बढ्ने छ।
वीरगन्जमा भारतीय मुस्लिम नागरिक र पूर्वि नेपालको उदयपुरस्थित एक मस्जिदमा लुकेर बसेका १६ जनामध्ये १२ भारतीय र एक जना नेपालीलाई संक्रमणको पुष्टि भयो। त्यस्तै चितवनका दुइजनामा पनि कोरोना संक्रमणको पुष्टि भयो।
लुकिछिपी खुला नाकाबाट नेपाल छिरेका उनीहरु कोरोनाको संक्रमणबाट बच्नकै लागि नेपाल भित्रिएको आशंका गरिएको छ । कोरोना देखिएका सबै पुरुष छन्। ती मध्ये ४ जना २८ वर्षका छन्। २ जना २९ र अन्य ३४ देखि ३० वर्ष उमेरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सुरक्षा निकायको आँखा छलेर नेपाल प्रवेश गरेका उनीहरु अहिलेसम्म कति स्थानमा पुगे भन्ने अझै खुलेको छैन। उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बूढाका अनुसार भारतीय नागरिकहरु मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिदमा बसेर पाँच साताअघि उदयपुर आएका थिए।
सुरुमा सिवाइस्थित मस्जिदमा बसेका उनीहरू त्यसपछि त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा सरेका थिए। केही साता त्यहाँ बसेपछि त्रियुगा नगरपालिकामा पर्ने एक मस्जिदमा उनीहरू सरेका प्रहरीले जनाएको छ।
उनीहरु किन आएका हुन भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुले आफन्तलाई भेट्न आएको बताए पनि त्यस्तो भरपर्दे प्रमाण भने फेला पार्न सकेको छैन। स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा पनि भारतीय सीमानाकाबाट अत्यधिक मानिस आइरहेको उल्लेख छ।
उदयपुरको पछिल्लो घटनापछि सुदुरपश्चिममा ठूलो संख्यामा भारतबाट नेपाली र भारतीय प्रवेश गरिसकेको छ । जसले संक्रमण बढाएको खण्डमा त्यसक्षेत्रका तत्काल माहामारी फैलनेसक्ने सम्भावना उच्च रहेको जनाएको छ । जसको नियन्त्रणका लागि ३४ चिकित्सक र स्वास्थ्यकर्मीको टोली नै पठाइएको छ
सरकारले पछिल्लो समय लकडाउन कायम राखेर कोरोना भाइरसको केस म्यानेजमेन्छ, कन्ट्याक्ट ट्रेसिङ, पहिचान र सूचना सार्वजनिकको एकद्वार नीति अपनाएको छ । सीमा क्षेत्रमा २२ हजार शसस्त्र प्रहरी परिचालन पनि गरेको छ। तथापी लुकिछिपी नेपाल प्रवेश गर्नेको संख्या घटेको छैन्।
जसका कारण यहाँका स्थानीयमा कोरोना संक्रमण एकजनामात्र रहेको अवस्थालाई वृद्धि गर्न बढावा दिइरहेको छ । धनगढीको एक महिलामा सरेको कोरोना नेपालको दोस्रो चरण प्रवेशको एकमात्र सूचक हो। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म पिसिआरमार्फत ७ हजार ६८८ र आरडिटि मार्फत १६ हजार ५६५ जनाको परिक्षण भएको छ।
विदेशमा काम गर्न गएकाहरु फर्किआएपछि घरमै बसेका तथा भारतबाट फर्केकामध्येबाटै हालसम्म संक्रमण पाइएको उनको भनाइ छ। उनका अनुसार उपत्यकामा ५ र बाहिर ८५ गरी ९० जना आइसोलेसनमा रहेमा छन्।
काठमाडौँ सहित देशका १४ स्थानमा पिसिआर परिक्षण चलिरहेको छ । र्या्पिड टेस्ट भने ७४ जिल्लामा सञ्चालित छ। पछिल्लो पटक गरिएको परिक्षणको रिपोर्टले भारतबाट आएका नागरिकले नै नेपाललाई बढी नै खतरा उत्पन्न गराउन सक्ने संभावना रहेको भन्दै सरकारी तहमा यसको व्यवाप छलफल शुरु भएको छ ।
बिहार, उत्तराखण्डबाट नेपालमा सोझै भित्रने चोरबाटो रहेको र सीमा नाकामा रहेका शसस्त्र प्रहरीलाई बढी परिचालन गर्न सरकारी चासो बढेपनि उनीहरु राति राति नेपाल आउने गरेका छन्। कोरोनाबाट बच्न सहज रुपमा नेपाल भित्रने उपाय त्यहाँका बासिन्दाले अपनाइरहेका छन्।
नातागोता इष्टमित्र भएकाहरु तिनकै घरमा र नभएकाहरु मन्दिर, मस्जिद जस्ता स्थानमा लुकिछिपी बस्न थालेका स्रोतको दावी छ।
भारत सरकारले सीमा क्षेत्रका स्थानका आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन नसक्नु तथा नेपालीहरुलाई सीमामा ल्याएर छाड्नु जस्ता समस्याले नेपाललाई झन जोखिममा पुर्याएको छ। लकडाउनमा जहाँ छन् त्यहीको सरकारले रेखदेख गर्ने विश्वस्वास्थ्य संगठनको मापदण्ड नेपाल भारत सीमानामा खुल्ला रुपले उल्लंघन भैरहेको छ।
फेला पारिएका केही नागरिकलाई क्वारेन्टाइनमा राखेर हेरचाह गरिएको भएपनि लुकेर आउनेले ल्याएको संक्रमणको बढीरहेको तर्फ नेपाल सरकारले सजकता अपनाउनु पर्ने स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन्।
मस्जिद क्षेत्र पूरै ‘सिल’
वीरगन्जपछि उदयपुरको त्रियुगास्थित एक मस्जिदमा भेटिएका भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएपछि प्रहरीले त्यसक्षेत्रका सबै मस्जिदहरु सिल गरेको छ भने त्यस वरपरका क्षेत्रलाई पनि सिलबन्दी गरेको छ। उदयपुरबाट विराटनगर ल्याइएकामध्ये शनिबार थप एक जनाको रिपोर्ट पोजेटिभ आएपछि मोरङ ल्याएका संक्रमितको संख्या १३ पुगेको छ।
कोसी अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणबाट शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।
उदयपुरबाट शुक्रबार मध्यराति ल्याइएका १६ मध्ये संक्रमण पुष्टि भइसकेका १२ जनालाई कोभिड–१९ उपचार केन्द्रमा राखिएको थियो। उनीहरूसँगै बस्दै आएका चार जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ।
ती चारमध्ये एक जनाको रिपोर्टमा शंका लागेर पुनः नमुना परीक्षण गर्दा पोजेटिभ पाइएको कोसी अञ्चल अस्पतालले जनाएको छ। ती संक्रमितलाई शनिबार क्वारेन्टाइनमै सुरक्षित राखिएको छ । प्रहरीले उदयपुरका सबै धार्मिक क्षेत्रलाई निगरानीमा राखेको छ ।
Facebook Comment