क्रिकेट खेलाडीहरु लाई म्याच फिक्सर देखी सावधान रहन आईसिसिको आग्रह
काठमाडौं । विश्वलाई आफ्नो अधिनमा राख्न सफल भईरहेको कोरोना भाईरसको कारण क्रिकेट सहित खेलजगतका अन्य प्रतियोगिताहरु रद्द र स्थगित गरिएको छ । विश्वका करिब एक तिहाई जनसंख्याहरु लकडाउनका कारण अहिले घरमा बस्न बाध्य भएका छन । अन्तराष्ट्रि क्रिकेट काउन्सिल (आईसिसि) ले यो अवस्थामा सम्पूर्ण क्रिकेट खेलाडीहरु लाई म्याच फिक्सरहरु संग सावधान रहन आग्रह गरेको छ । आईसिसिका भष्टा्रचार निरोधि समितिका प्रमुख एलेक्स मार्शलले शनिबार यो कुरा बताएका छन ।
एलेक्सले भने ः कोभिड १९ का कारण विश्वभरिका अन्तराष्ट्रिय, घरेलु तथा सबै प्रतियोगिताहरु रद्द भएका छन तर भ्रष्टाचारीहरु अहिले पनी सक्रिय रहेका छन । अहिले हाम्रो काम भनेको सम्पूर्ण खेलाडी, एसोसियन र एजेन्टहरुलाई आग्रह गर्नु हो । अहिले हामी सबैसंग निरन्तर सम्पर्क सम्पर्कमा छौं ।
ईङल्यान्डका पूर्व प्रहरी प्रमुख एलेक्सले भने ः लकडाउनका कारण अहिलेको समयमा धरैजसो खेलाडीहरु समाजिक संजालमा सक्रिय रहेका छन । यो समयमा भष्ट्राचारीहरु खेलाडीहरु सग सम्पर्क गरी सम्बन्ध बनाउन लागी परेका छन किनकी खेलहरु सुरु हुनसाथ तिनिहरुलाई भष्टा्रचारको सम्बन्ध बनाउन सजिलो होस । तर हामीले यि सबै कुरामा कडा निगरानी गरिरहेका छौं । हामीले निरन्तर रुपमा एसोसियन र खेलाडीहरु संग सम्पर्क गरेर साबधानी अपनाउन आग्रह गरेका छौं ।
Facebook Comment