कोरोनाबाट १ लाख ६५ हजारबढीको ज्यान गयो, कहाँ कति संक्रमित, कतिको मृत्यु ? (तालिका)

डिसी नेपाल
८ वैशाख २०७७ ७:००

कोरोनाको संक्रमणबाट १ लाख ६५ हजारबढीको ज्यान गयो, कहाँ कति सङ्क्रमण र कतिको मृत्यु ? (तालिका सहित)

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको महामारीबाट १ लाख ६५ हजार बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

चीनको वुहान शहरबाट देखिन शुरु भएको कोरोना भाइरस हाल विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ।

कोरोनाको संक्रमणबाट हालसम्म २४ लाख ७ हजार २ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये ६ लाख २४ हजार ९ सय ३९ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार २ सय २५ संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

कोरोनाको महामारीबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा मात्रै ७ लाख ६४ हजार ३ सय संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २५ ५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म ४० हजार ५ सय ४८ जनाको ज्यान गएको छ।

यस्तै हालसम्म इटलीमा २३ हजार ६ सय ६०, स्पेनमा २० हजार ४ सय ५३, फा्रन्स १९ हजार ७ सय १८, यूके १६ हजार ६०, इरान ५ हजार १ सय १८ तथा चीनमा ४ हजार ६ सय ३२ जनाको ज्यान गएको छ। अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।

यस्तो छ २१० देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *