भारतमा कोरोना संक्रमितको संख्या साढे १७ हजार नाघ्यो, एकैदिन ३८ को मृत्यु

डिसी नेपाल
८ वैशाख २०७७ ७:२३

काठमाडौँ । छिमेकी मुलुक भातरको कोरोनाका महामारीबाट साढे १७ हजारबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ हजार २ सय ५० जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमो हालसम्म कोरोनाको संक्रमणबाट ५ सय ५९ जनाको ज्यान गएको छ । आइतबार मात्रै भारतमा ३८ जना संक्रमितको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संक्रमितमध्ये २ हजार ८ सय ५४ जना उपचारपछि घर फर्किएका छन् ।

भारतमा आइतबारसम्म ४ लाख १ हजार ५ सय ८६ जनाको कोरोना टेस्ट गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *