योगी आदित्यनाथका पिता गम्भीर अवस्थामा अस्पताल भर्ना, भेन्टिलेटरमा राखेर उपचार हुँदै

डिसी नेपाल
८ वैशाख २०७७ ८:५१

नयाँ दिल्ली। भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथका पिता आनन्द सिंह बिष्ट गम्भीर अवस्थामा दिल्लीको एम्स अस्पतालमा भर्ना भएका छन् । उनलाई भेन्टिलेटरमा राखिएको बताइएको छ । उनलाई मृगौला र कलेजोको समस्या छ । अस्पतालको गेस्टे विभागका डाक्टर विनित आहुजाको टिमले उनको उपचार गरिरहेको बताइएको छ ।

आनन्द सिंह उत्तराखण्डको यमकेश्वर गाउँमा बस्छन् । उनले उत्तराखण्डमा फरेस्ट रेन्जर पदबाट १९९१ मा अवकाश पप्त गरेका थिए । त्यसपछि उनी आफ्नो गाउँमै छन् । योगी आदित्यनाथ बाल्यकालमै परिवार छाडेर गोरखपुरका महंत अवेद्यनाथकहाँ आएका थिए । पछि आदित्यनाथले महंतको रुपमा अवेद्यनाथको स्थान लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *