सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

डिसी नेपाल
८ वैशाख २०७७ १०:१४

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले संविधानबमोजिम सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन (हिउँदे अधिवेशन) आइतबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन्।

कोरोनाबाट उत्पन्न वर्तमान परिस्थितिका कारण प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभा सचिवालयद्वारा आइतबार प्रकाशित सूचनामा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रानुसार प्रदेशसभाको हिँउदे अधिवेशन विसं २०७७ वैशाख ७ गते राति १२ बजे लागू हुने गरी अन्त्य गरिएको उल्लेख गरिएको छ।

गएको माघ ६ गते शुरु भएको हिँउदे अधिवेशनले पारित गरेको ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको छ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अन्य पाँच वटा विधेयक छलफलका क्रममा रहेका थिए। विधेयक अधिवेशनका रूपमा लिइने हिँउदे अधिवेशनको जारी बैठक गएको फागुन ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभामुखले स्थगन गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *