१० वटा देशमा एउटा पनि भेन्टिलेटर छैन, कुनै देशमा भेन्टिलेटरभन्दा उपराष्ट्रपति धेरै

डिसी नेपाल
८ वैशाख २०७७ ११:०४

काठमाडौं। कोरोनाभाइरसको महामारी अफ्रिकाका केही देशहरुमा फैलिएमा निकै भयावह स्थितिको सृजना हुने देखिएको छ । स्वास्थ्य सुविधाको अभावसँग जुधिरहेका यी देशहरुमा संक्रमितको उपचारको लागि न्यूनतम सुविधा पनि छेन । स्थिति यस्तो सम्म छ कि १० वटा अफ्रिकी देशहरुसँग एउटा पनि भेन्टिलेटर छैन । ४१ वटा देशहरुमा २ हजार भन्दा कम संख्यामा भेन्टिलेटर छन् ।

१ लाख ७० हजार भेन्टिलेटर उपलब्ध भएको देश अमेरिकाले अहिले कोरोनाभाइरससँग संघर्ष गरिरहेको स्थिति हेर्दा यी कमजोर स्वास्थ्य सुविधा भएका देशहरुको हालत कल्पना पनि गर्न सकिँदैन । विश्व स्वास्थ्य संगठनले अफ्रिकी देशहरुमा हुनसक्ने विनाशलाई लिएर विशेषज्ञहरु चिन्तित भएको जनाउको छ । जुन देशमा मासक, अक्सिजन र साबुन पानी जस्ता आधारभूत सुविधासमेत सर्वसुलभ छैन ती देशमा कोरोनाभाइरसको महामारी फैलिएमा कसरी रोक्ने भन्ने चिन्ताले विशेषज्ञलाई सताएको छ ।

विश्व स्वास्थ्य संगठनले यी देशलाई बचाउनको लागि यहाँ कोरोनाभाइरसको महामारी फैलिनै नदिनु एकमात्र विकल्प भएको ठहर गरेको छ । संयुक्त राष्ट्रसंघको सर्वेक्षण अनुसार २०१५ सम्म सहारा मरुभूमि क्षेत्रका १५ प्रतिशत अफ्रिकीहरुसँग मात्र हात धुने सुविधा थियो । २०१७ मा लाइबेरियामा गरिएको सर्वेक्षणमा ९७ प्रतिशत घरमा स्वच्छ पिउने पानी नभएको पाइएको थियो । शोध समूह सेन्टर फर ग्लोबल डेभलपमेन्टका विश्व स्वास्थ्य नीति निर्देशक क्यालिप्सो चालकिडोका अनुसार यहाँ जुन कुराहरुको आवश्यकता छ ती न्यूनतम हुन् ।

स्वास्थ्य संसाधनविहीन कैयौं देशले आफ्ना नागरिकलाई बचाउन कर्फ्यू र यातायात प्रतिबनधको सहारा लिइरहेका छन् । यहाँको लागि सबैभन्दा राम्रो कुरा यही हो कि यी प्रतिबन्ध सुरुवाती चरणमै लागू गरिसकिएका छन् । १ करोड १० लाख जनसंख्या भएको देश सुडानमा उपराष्ट्रपति त ५ जना छन् तर भेन्टिलेटर भने केवल ४ वटा मात्र छन् । मध्य अफ्रिकी गणराज्यका ५० लाख नागरिकको लागि केवल ३ भेन्टिलेटर छन् । लाइबेरियामा ६ भेन्टिलेटर त छन् तर तीमध्ये एउटाको प्रयोग अमेरिकी दूतावासले गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *