पसलमा आगलागी हुँदा बालकको मृत्यु
गुल्मी । चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ । आगलागीमा परी व्यवसायी पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समिरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।
आगलागीबाट समिरको घटनास्थलमै ज्यान गएको तथा मृतकका बावुु ४५ वर्षीय पूुर्णबहादुर, आमा ४२ वर्षीया रुपा र निजका दाजु २१ वर्षीय सञ्जय घाइते भएको जनाइएको छ । घाइते तीनै जनालाई उपचारका लागि पाल्पाको मिसन अस्पताल प्रवासमा पठाइएको प्रहरीले जनाएको छ ।
लकडाउनका समयमा सबै घरमै बसिरहेका अवस्थामा भएको आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । शान्तिपुर बजारमा पसल सञ्चालन गर्दै आउनुभएका खनालको आगलागीबाट पसलका सबै सामग्री जलेर नष्ट भएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले जानकारी दिए ।
Facebook Comment